आज :

मिनी ट्रक दुर्घटनामा २८ घाइते, ५ जनाको अवस्था गम्भीर

उदयपुर । मध्य पहाडी लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-५ भोर्लेमा भएको मिनी ट्रक दुर्घटनामा घाइते भएका २८ मध्ये ५ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा.३ ख ७३०१ नम्बरको मिनी ट्रक तीव्र गतिका कारण ब्रेक फेल भई दुर्घटना भएको थियो । गम्भीर घाइते भई उपचाररत हुनेमा इटहरी उपमहानगरपालिका-१० की २० वर्षिय विना विक, ३० वर्षिय कल्पना विक, त्रियुगा नगरपालिका-५ का २७ वर्षिय लक्ष्मण खत्री र कटारी नगरपालिका-६ चुहाडेका २५ वर्षिय सुजाता राई, सोही नगरपालिका-९ लिम्पाटारका ३० वर्षिय प्रकाश सुर्खेती गम्भीर घाइते भएका छन् ।

सुजाता राईको बाँया हातको पाता भाँचिएको छ भने विना, कल्पना, लक्ष्मण र प्रकाशको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले जानकारी दिए । इटहरी उपमहानगरपालिका-१० का खेचर बहादुर विकको पनि दाहिने हात भाँचिएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको एसपी बुढामगरले जानकारी दिए । ट्रकमा २८ जना सबार थिए ।

घाइते मध्ये १५ जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाएको छ भने अन्यको कटारी अस्पताल, आस्था अस्पताल कटारी र मोडल अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal