– पदम श्रेष्ठ – लेखक तथा इतिहास खोज कर्ता
नेपाल थुप्रै जातिय समुदाय , भाषा धर्म र संस्कृतिको मिलिजुली घर हो । यस्ता थुप्रै पहिचानयुक्त जातिय मुलहरु मध्ये एक हुन् तामाङ जातिपनि ।
तिव्बती भाषामा त ले घोडा र दमगले सेना हुन्छ ।राजा नरेन्द्रदेवको राज्यकालमा घोडा चढेर नेपाल पसेका तिब्बती राजा स्रङ्चङ गम्पोका सेनालाई तदमगबाटअपभ्रंस हुँदै कालान्तरमा तामाङ भनिएको भनाई छ ।
तर तामाङहरु तिब्वती राजाका सेना नभई नेपाल, भारत,तिब्बत,भुटानदेखि बर्मासम्म फैलिएका हिमाली सीमाक्षेत्रका आदिवासी दावी गर्छन् । भनिन्छ,–गुरूङ, मनाङे, थकाली र नेवारका मुल्मी एउटै रक्तसम्वन्धी दाजुभाई हुन् । हुन पनि गुरूङले तमु र थकाली–मनाङेले आफ्नो भाषालाई तमङ भन्नुलेपनि भनाई मेल खान्छ । तामाङ आदिभूमि ताम्सालिङ , काठमाडौं उपत्यका वरिपरी रामेछाप, दोलखा,सिन्धुली,मकवानपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,रसुवा,नुवाकोट र धादिङ
सम्मलाई लिईन्छ । तामाङहरु, भारतको–पश्चिम बङ्गाल, आसाम, दार्जीलिङ, सिक्किमसम्म पाईन्छ । तिब्बतको आम्दो, ंखाम केराङ, सिगात्सेका तामाङको अर्थ ता भनेको सिमाना र माङ ले धेरै जनङ्सख्या हो , चिनियाँ भाषामा । यो सप्ताह उनै तामाङ र चिनियाँ समुदायले सोनाम ल्होछार नयाँ वर्ष भव्य मनाईरहेकाछन् ।
तामाङ धर्म– संस्कृति खानपान र भेषभूषा ः
नयाँ वर्ष सोनाम ल्होछारमा कोदोको आइरक (रक्सी) र मकैको जाँड संगै छेवरमा बाबर, सेलरोटी खाप्से खाईन्छ । गाईको मासु साझा रहेको तामाङभित्र थिङ र बम्जनले लसुन, सिस्नु, राँगाको मासु घरभित्र नपकाउने चलन छ । भेषभूषाको हकमा पुरूष अल्लोबाट बनेको बाँकटे भोटो, ग्या,कछाड,दौरा,सुरूवाल र इस्टकोट लगाउँछन्,भने महिला छिटको फरिया,स्याहा,मखमली चोलो, टाउकोमा मजेत्रो, हातबुना बर्को ओढ्ने गर्छन् । गहना चेप्टो गिन्दीको ढुङ्ग्री,(कर्णफूल) ,बुटम, ज्यादुम, नाकमा ठुल्ठुला फुली, मुन्द्री शिरमा शिरफुली, पत्थर,मुगामाला तामाङ भेषको पहिचान हो ।
तामाङ समाजमा देवतालाई धुप चढाउन साङला ह्वाइ,
प्रार्थना गर्न ः मोइबाला हवाई, सृृष्टिको वर्णन गर्न, नामाछयाला हवाई,
तीर्थको गीत ः नेला हवाई,तीर्थ जाँदाको फल वर्णन गर्न,नेला जिनबल हवाई,
गंगा उत्पत्तिको कथा ः गन्धी छ्याला हवाई
थर उत्पत्ति वर्णन गर्न ः रुइंछेन च्योपगेला हवाई,
कलिको गीत ः दाङबोला हवाई,बुद्ध चिताको माला जप्न, ठेङाला हवाई,
ताम्बाको व्याख्या ः ताम्बा काइतेन हवाई र
घेवामा ः कल्पाला हवाई गीत डम्फुको तालमा गाईन्छ ।
डम्फु वाजाको दार्शनिक व्याख्याताहरु कोइराला काठबाट बनेको डम्फुको घेरा बोधिसत्वको रुप,३२ वटा किला बुद्धका साक्षात ३२ लक्षणको प्रतीक र डम्फुको आवाज डाँफे चरीको प्राकृतिक स्वछन्द करुणाको प्रतीक हो भन्ने गर्छन् ।
डम्फु नाच–
ज्यापुको धिमेयजस्तै तामाङको डम्फु जिवनका हरेक सुख दुःखमा फावरे गीत,स्यावा नाच्दै भाव व्यक्त गर्दछन् । कम्बर मर्काएर खुट्टाको आडमा शरीर गोलाकार बनाई डम्फु मेला जात्रा पर्वमा नाचिन्छ ।
२) चोम्लु नाचः
दोहोरी शैलीमा नाचिने चोम्लु दुई पङतिमा आबद्ध केटा र केटी बीच हाँसखेल, ठट्टा प्रेम गर्दै प्रस्तुत हुने गर्दछ ।
३) म्हेन्दोमायाः
झण्डैै दोहोरी प्रकृतिको म्हेन्दोमाया गीत नृत्य विवाह, व्रतवन्ध भोजमा केटा केटी पङतिबद्ध भएर हातले कम्मर पछाडिबाट हात समाइ तीब्वती वा शेर्पा झैं नाच्ने गर्दछन् ।
४) लामा बाक्छाम नाचः
बौद्ध धर्मगुरु लामाहरु मारमाथि बुद्धत्वको विजयोत्सव गाथा प्रस्तुतिकासाथ तान्त्रिक लामा वाक्छाम नाच हो । गुम्बामा लामाहरु विशेष धार्मिक पोशाक लगाई सामुहिक रुपमा लामा बाक्छाम नृत्य गरिन्छ ।
५) मानिछेपा ः
निङमापा शेर्पासँगैका तामाङहरु धार्मिक अनुष्ठानमा मानिछेपा नाच्छन् । आगोको धुनि नजिक छ्याङदे ( टेबुल) मा रक्सी,एक माना चामलसहित टोटेलाको फुलको माला हुन्छ । नृत्य अघि पुरुष र महिला एक अर्काको कम्मरमा समातेर ओम माने पेम्हे हुँ भन्दै नाचिन्छ ।
६) तोर्मा म्हार्सो नाचः
तिब्बती बौद्ध मृत्यु संस्कार गरिँदा घेवा र घर शान्ति गर्न मण्डपमा म्हार्सो कार्गेन (मुकुट) सहित नाचिन्छ ।
७) जुङ्वा नाचः
घेवा गर्दा मृतकको प्रतीक घुर बनाएर मण्डपमा ल्याइदा गरिने नृत्य जुङ्वा नृत्य हो । जुङ्वामा एक जोडी लामाहरु भूतप्रेतको भेषमा मृत व्यक्तिको चिललाई झ्याङ परमा प्रतिष्ठापित गर्न जुङ्वा नृत्य गरिन्छ ।
तामाङ पहिचानका यस्ता गीत संगितमा निम्न लिखित वाजाहरु बजाईने
नेपाली लोक बाजा संग्रहालय पुस्तकमा अनुसन्धानात्मक खाका सहित रामप्रसाद कँडेलबाट प्रस्तुत गर्नुभएको छ जुन तथ्यलाई ल्होछारका समारोह मार्फत सार्वजनिक हुँदैपनि आईरहेका पाईन्छन् ।
१) कलिङ– २) ग्यापुङ– ३) खाङी– ४) गोङगप (५) च्यालीङ– ६) ङाहा– (७) जरुङग(८) डिल्वू– (९) काङलीङ (१०)घ्यालिङ– (११) टुङना
(१२) ताम्रिङ– (१३) तुङ– (१४) थाल– १५)लामा डमरु (१६) पिहुड– (१७) पुली–
(१८) ढ्याङ्ग्रो– १९) ढुङ शंख (२०) घण्टीमाला–
बस्तवमा तामाङको धर्म गुरु ताम्बा, मोपा,बोन्पोे र लामाहरु लाई आत्मसाथ गरिएको पाईन्छ । तामाङ को कर्मकाण्ड ,पुजा ,ल्होछारको तिथि मिति पहिल्याउनमा समेत यी गुरुहरुबाट निर्वाह गरिरहेको पाईन्छ ।
कथावाचक ताम्बा ः
सृष्टिको कथा थरगोत्रको विभाजन पद्धति, रीतिस्थितिको निर्देशन र सांस्कृतिक अगुवाई गर्दछन् । ताम्बाको मौखिक काइरन÷भनाइहरु तिब्बती लिपिबाट सन्तवीर लामाले ताम्बा काइतेन व्हाई पुस्तक प्रकाशनपछि व्यापकता पायो । तामाङ समाजमा लामा (बौद्ध पुरोहित), बोन्पो (बोनधर्मका पुरोहित), धामी, झाँक्री,मोपा (जोखना हेर्ने ज्योतिष) र चोहो (गाउँका मुखिया) जस्तै ताम्बाले जातीय पहिचान थर,उपथरबारे व्याख्या गर्दछ । ताम्बा भन्नाले ताम–कुरा भाषा, उपदेश,इतिहास,सम्वाद र ‘बा’ले कर्ता जनाउँछ । हाल ताम्बाको ठाउँ लामाले लिएकाछन् ।
मोपा (जोखना हेर्ने ज्योतिष ) ः
मोपा(ज्योतिष) कालान्तरमा ज्योतिषी र वैद्य दुई वर्गमा विभाजित देखिए । ज्योतिषीहरु भ्विष्य, जोखना हेर्ने र वैद्यले फुकफाकगरी जडिबुटीदिई रोग निको पार्दछन् । मोपाको दृष्टिमा बोन धर्म र ताम्बा बीच नङ र मासुको सम्बन्ध छ । ‘प्राचीन बोनको एउटा‘ल्हा देवता’ र अर्को ‘डे म्हाङ’ भूतात्मा । मोपाले रोगीको दिर्घायुकालागि प्रार्थनागर्दा हिमालयका ज्योहो (मालिक) चन(अन्तरिक्ष) सिब्दा (देवी देवता)को आह्वान गर्दछन् । त्यसैगरी फोला (कुलदेवता), डाला(युद्धका देवता),सिप्दा भूमे (भूमि देवता),सिम लु (नागदेवता)को पूजा हुन्छ ।
बोन्पो (धामी झाक्री) र बौद्ध धर्म ः
ढ्याङग्रो ठटउँदै उपचारगर्ने झाँक्रीलाई बोन्पो भनिन्छ ।
१) बन धामीले तन्त्रमन्त्र सिकाएर पठाएकालाई वन झाँक्री र
२) बोन्पो परम्परामा घरमै सिकेकालाई सुन झाँक्री ।
यी बोन्पो,,पृथ्वीको सभ्यता भूकेन्द्र हाल मानसरोवर तिब्बतबाट आएको मान्दछन् । तर ताम्बाहरु भारतको वोधगया लाई ‘ह्युल उई’ अर्थात् सभ्यताको केन्द्र मान्दछन् । बोन धर्म व्याख्याता सेनराबु बोन स्वयम्ले साछ्याना नामछ्याना व्हाई (सृष्टिको गीत) मा मानव सृष्टि फाटे हु (वानर) र डागसिन (यक्षनी)को मिलनबाट भयो तर ताम्बाले बौद्ध मतबाट वोनमतलाई काट्दै संसारमा बौद्ध मतले व्यापकता पाएको हो । यी र यस्ता थुप्रै तथ्यका आधारमा तामाङ समुदायहरुले ल्होछार नयाँ वर्षका माध्यमबाट आफ्नो पहिचानको प्रवद्र्धन गर्दै आईरहेका छन् ।
किपट राज्यहरु र तिमाल ः
नेपाल भाषाको प्रथम चलचित्र शिलुमा रसुवाको गोसाइकुण्डलाई मल्लकालसम्मपनि तामाङ राज्य भनिएको छ । उत्खनन्हुँदा पुरातत्व विभाग,ताम्सालिङ नलेज सेन्टर र रिन्जेन दोर्जे प्रतिष्ठानको संयुक्त पहलमा काभे्र तिमालमा घले राजाको दरबार भेटियो । ५–१० इन्चका बुट्टेदार इट्टा १७ औं शताब्दीको भग्नावशेष फेला पारिए । बौद्धगुरु पदमसम्भवले ध्यान गरि सिद्धता प्राप्त गरेको तिमालको गिम्दीमा प्राप्त ने.सं.२३४को शिलापत्र र ने.सं.८५६को ताम्रपत्रअनुसार मल्लकालसम्म यहाँ ज्याम्येङ लामाले किपट राज्य चलाएको खुल्दछ । सन् १६०६मा रामशाहदेखि गोरखा राज्य विस्तारगर्दा तामाङ राज्यको थुप्ता घलेको हत्यागरी बाह्रपाकही स्यार्ता र अठाह्र सय खोला,गोरखा राज्यमा गाभेको तामाङ जातिय अनुसन्धानविद रविन्द्र ग्यावकको छ ।
(१) दोलखा र ग्यावक राजा ः (२) नुवाकोटको गोल्बु र घले राजा
(३) सिन्धुपाल्चोक गाङदन राज्य (४) सिन्धुपाल्चोकै थाङपाल र गोले राज्यः
(५) दोरम्बा मेदा र घिसिङ घुमन्ते राज्य ः(६) मुस्ताङदेखि गण्डकी सम्म घले राज्य
(७)ङयाम्चो र सिकवाली, कार्तिकेकार्जुन राज्य ः ८) काभे्रको दाप्चा राज्य ः
(९) हैबुङ किपट र डु्म्जन तामाङ राज्य ः (१०) सिन्धुली किपट र थिङः
(११) नुवाकोट, काभे्र तिब्बत १२ किपट दोङ्ग ः (१२) मुस्ताङ किपट र नेगी ः
(१३) हागाङ राज्य र पाख्रिन ः १४) रामेछापको मन्थली र ब्लोन राज्य ः
(१५ हैबुङ राज्य र बम्जन ः १६) तिमालको रुमपाल र बल राज्य ः
(१८) म्हारखानीसहित मोक्तान राज्य ः १९) याराङ किपट र मिक्चन (डिछेन) ः
(२०) धादिङ किपट र योञ्जन ः (२१ं) पलाञ्चोक, लेले ,ककनी राज्य र रुम्बा ः
(२२) लोप्चन र काभ्रेको तेह्रपांगु राज्य २३) मकवानपुर वेतिनी,लोमााङथान र ‘लो’
(२४) सिन्धुपाल्चोकको हेबुङ किपट र स्याङबो ः
(२५) गोङ, रुवती,, छिनथान, किपट र स्याङतान ः
बोनको नालीबेलीः
बस्तवमा तामाङको आदि धर्म जातिय पहिचान वोन हुन । लामो समयको कृया प्रतिकृयापछि तामाङ समुदायले मनाउँदै आईरहेको बोन र बौद्ध धर्म विच समझदारी भएको कथन प्रख्यात पाईन्छ । बोनका त्रिशक्त्तिलाई निम्म लिखित वर्गिकरण गरिएको पाईन्छ ।
१)प्रज्ञाका देवता—शेङ–ला–अद–कर
(२) संसारका अधिनकर्ता– साङ पोबुमख्री
(३)बोनधर्मका प्रवर्तक– गुरु शेरब मिरो यी कुलदेवतालाई तामाङ,गुरुङ,शेर्पाहरु त्रिशक्ति मान्दछन् । बोन मिथकमा जलदेवताको सृष्टि आदिम मानव रगतबाट भएको हो । बोन, चन्द्र पात्रोअनुसार देवताहरु कैलाश(किरात) पर्वतको गुप्त टाकुरा निवासी हुन् । भनिन्छ,,बोनहरु शरद ऋतुमा एकहजार जङ्गली खच्चर भोग चढाउँथेभने वसन्त ऋतुमा मृगिणीको खुट्टा भोगदिई उत्सव गर्दथे । त्यसैगरी वर्षात् ऋतुमा प्राणीहरु बोन गुरु सेरबलाई चढाउँथे । जुन निरन्तरता झाक्री आजसम्म कायमै छ ।
स्वायत्त ताम्सालिङ राज्य यी थिए ।
१)बाह्र लच्याङ ः थारुका सौराठ,लिम्बुको दस लिम्बुवान, नेवारको नेपालमण्डल, मगरको बाह्र र अठाह्र मगरातझैं तामाङका बाह्र लच्याङ त्रिशुली नदी देखि पूर्वी सिन्धुपाल्चोक दोलखा पूर्वी ( काठमाडौं ) राज्य रुम्बा ग्लेको हातमा । राजधानी कारकानी (ककनी) । अन्तिम राजा रुम्बा ग्याल्सा ।
२) बाह्र तेमाल ः याम्बु (काठमाडौं) दक्षिण पूर्व ललितपुर,काभे्र दाप्चा,कोशीपारी,दूधकोसीमा रिन्जेन दोर्जे राजा थिए ।
३) बाह्र गोरस्याङ ः
पश्चिम १ त्रिशुली नदी,२ नम्बरसम्म बाह्र गोस्याङ राज्य थियो । राजदरवार सेमजोङ, वाईबा थरका राजा ।
यी पहिचानलाई आत्मसाथ गर्दै ताम्सालिङग क्षेत्रमा नयाँ वर्ष ल्होछार भव्य मनाईरहेका पाईन्छन् ।