
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सचिव देवेन्द्र पौडेलले जनयुद्धले ल्याएको व्यवस्थामै बसेर बलिदानको अपमान सैह्य नहुने चेतावनी दिएका छन् । बुधबार काठमाडौंको संवाद डबलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा पूर्व माओवादी रामबाहादुर थापा बादल नैतिक धरातलबाट गिरेकोसमेत पौडेलले बताए ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले नेता पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल(सरिमाया)लाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको हो । सो कार्यक्रममा सचिव पौडेलले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताए ।
जनयुद्धकालमै रम्तेललगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आजपनि त्यसैको निरन्तरतास्वरुप देशभर अभियान चलिरहेको बताए ।
पौडेलले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए । “न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो ?” पौडेलले प्रश्न गरे ।