आज :

६.१ रेक्टर स्केलको भूकम्पबाट क्षति विवरण सार्बजनिकः ३ परिवार बिस्थापित, ६ जना घाइते

  • अनलाइन डबली

काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको छ । त्यस्तै भूकम्पका कारण ३ परिवार विस्थापित भएका छन् । भूकम्पबाट ६ जना सामान्य घाइते भएका छन् ।

भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ ।

प्रहरीले आपतकालीन अवस्थामा प्रहरीको १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal