आज :

भारतबाट युवक ल्याएर नेपालमा हत्या

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ ।

रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार हत्या गरिएका युवालाई गोली हान्नेहरुले नै भारतीय नम्बरप्लेटको मोटरसाइकलमा राखेर रौतहट ल्याएका थिए ।

युवकको हत्या गर्नेहरु सोही मोटरसाइकल चढी पुन : भारततर्फ गएको स्थानीयबासीले बताएका छन् । हत्या गरिएका युवाको साथबाट परिचय खुल्ने कुनै कागजपत्र नभेटिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका युवा भारतीय वा नेपाली नागरिक भन्ने अझै खुलेको छैन । युवकको हत्यामा प्रयोग गरिएको गोलीको खोका हेर्दा अत्याधुनिक हतियारमा प्रयोग हुने खालको बताइएको छ । प्रहरीले युवकको पहिचान र हत्याराहरु पक्राउ गर्न अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal