आज :

टर्कीको आक्रमणको प्रतिवाद गर्ने सिरियाली सेना अगाडि बढ्‍यो 

काठमाडौं । सिरियाले टर्किश सेनाले आक्रमणको प्रतिवाद गर्ने भएको छ । उसले टर्कीले आक्रमण गरिरहेको उत्तरी सिरियामा सेना तैनाथ गरेको छ ।

सिरियाली सेनाले कुर्द लडाकुहरुको समर्थनमा टर्कीसँग लड्नका लागि सो क्षेत्रमा सेना तैनाथ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गत साता टर्कीश सेनाले कुर्द लडाकूविरुद्ध गरेको आक्रमणपछि सिरियाले सेना तैनाथ गर्ने निर्णय गरेको हो ।

कुर्द लडाकूहरुको पकड रहेको सो क्षेत्रमा पछिल्लो समय टर्किश सेनाले धावा बोल्दै आएको हो । सोही क्रममा दुवै पक्षका थुप्रैको ज्यान गएको थियो ।

अमेरिकी सेना फिर्ता र टर्कीको आक्रमणको चपेटामा परेको सो क्षेत्रका सर्वसाधारण थप मारमा परेका छन् ।

कुर्द लडाकुहरुलाई आतंकबादीको संज्ञा दिएको टर्कीले उत्तरी सिरियाबाट उनीहरुलाई निमिट्यान्न गर्न वषौंदेखि टर्कीश सेनाले प्रयास जारी राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal