आज :

महरा नर्भिक अस्पतालमा

काठमाडौं । थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

‘रेगुलर चेकअप’ का लागि उनलाई नर्भिक अस्पताल पुर्याइएको महानगरीय प्रहरी परिषरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रेसरको समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको हो । भर्ना गर्ने कि नगर्ने भन्ने विषयमा डाक्टरहरुबीच छलफल भइरहेको छ ।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा उनलाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

उनीसँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरीसमेत दिएकी थिइन् । उनी असोज १२ गते राति ती महिलाकोे कोठामा पुगेको र बलात्कार प्रयास गरेको उनमा आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal