आज :

भ्रष्टाचारी र दलाललाई छोड्दैनौं तर सेना-प्रहरीमाथि आक्रमण गर्दैनौंः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफूहरुले युद्ध घोषणा नगरेको बताएका छन् । सरकारले आफ्नो लुटलाई बचाउन आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न नदएिको बताए ।

पार्टी निकट रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले आफूहरुले जनताले सडकमा माग गरेको कुरा उठाउँदा राज्यले दमन गरेको बताए । एनसेल, मानव बेचबिखन गर्ने म्यानपावार कम्पनी, अरुण र माथिल्लो कर्णालीविरुद्ध पार्टी कारवाही गरेको बताउँदै विप्लवले फेरि गर्ने चेतावनी पनि दिए । उनले अरुण र माथिल्लो कर्णाली देशको हितमा नभएको भन्दै कुनै पनि हालतमा हुन नदिने बताए ।

अन्तरवार्ताको क्रममा विप्लवले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको योजना नभएको बताए । क्रान्ति वा परिवर्तन आम नागरिकको सरोकार भएकोले सुरक्षाकर्मीलाई आफ्नो आन्दोलनमा साथ दिन सांकेतिक रुपमा आग्रह गरे । आफूहरुले शान्तिपूर्ण जनताको भावनालाई बोकेको तर सरकारले प्रतिबन्ध लगाएको बताउँदै वार्ताको लागि जनतासहित छलफल गर्न तयार रहेको समेत बताए । विप्लवले रत्नपार्कमा जनतासहित बहस गर्न तयार रहेको बताए ।

पार्टीले पछिल्लो पटक लिएको निर्णय कुनै नेतालाई कारवाही नगरेको बताउँदै सबैको सहमति र छलफलमा ठिक ठिक ठाउँमा बसेर क्रान्तिमा लाग्ने वातावरण बनाउन लागेको बताए । उनले क्रान्ति गर्ने पार्टी चट्टान जस्तो र नमूना बन्नुपर्ने भन्दै सुदृढ पार्टी बनाउन चाहेको बताए ।

विप्लवले असल विचार, संगठन, आर्थिक र विज्ञान प्रविधिको प्रयोगले मात्रै क्रान्ति सम्पन्न गर्न सकिने बताउँदै त्यसैको लागि सबैसँग सक्दो सहयोगको अपील गरिएको बताए । उनले क्रान्तिकारी ध्रुविकरणसँगै समाजमा देखाएको सबै खाले समस्याका विरुद्ध आफूहरुले संघर्ष गर्ने बताए ।

जनताले बलिदान गरेर सत्ता ल्याउने तर सत्तामा पूरानै वर्ग पुग्नेको गरेको हुँदा जनताले परिवर्तनको अनुभूति गर्न बताउँदै अब जसले लड्छ उसलै सत्ता चलाउने दाबी गरे ।

विप्लवले एनसेलबारे सर्वोच्चको अदालतको पछिल्लो फैसलाबारे आक्रोस व्यक्त गरे । उनले प्रधानन्यायाधीशले गरेको फैसला उल्टाउने न्यायाधीशलाई भूइँफुट्टा भन्दै जनताले नछोड्ने बताए ।

विप्लवको ताजा अन्तरवार्ताः कुर्सीमा बसेर बहस गर्न तयार छौं (भिडियोसहित)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal