आज :

प्रहरी भन्छ-चौकीमाथि आक्रमण प्रयास भएको छैन, सैनिक प्रबक्ता भन्छन्- समाचार झुटो

काठमाडौँ । नेपाल प्रहरीले सोलुखुम्बुमा नेकपाका कार्यकर्ताहरुले प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको हल्ला निराधार भएको बताएको छ ।

केही संचारमाध्यमहरुले आइतबार राति नेकपाका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेको समाचार सम्प्रेशण गरेपछि प्रहरीले सो कुरा बताएको हो ।

प्रहरी प्रबक्ता डिआइजी विश्वराज पोखरेलले प्रहरी चौकी कब्जाको कुनै प्रयास नभएको दावी पुष्टि गर्दै समाचारमा आएजस्तो केही नभएको बताए । केही संचारमाध्यमहरुले सो प्रहरी चौकीमा कार्यरत प्रहरीले छोडेर भागेको समेत बताएका छन् ।

त्यस्तै सोलुखम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले सोमबार नियमित सुरक्षा समितिको बैठक बोलाएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रदीप सुवेदीले छेस्काममा नेकपाका कार्यकर्ताहरुले प्रहरी चौकीमा आक्रमणको कुनै प्रयास नभएको बताए ।

त्यसैगरी नेपाली सेनाले सोलुखम्बुमा आफ्नो टोली खटिएको भन्ने समाचारमा खण्डन गरेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको बताए । उनले केही संचारमाध्यमहरुका समाचार झुटो भएको बताए ।

नेपाली सेनाको टोली घटनास्थल गएको भन्ने केही संचारमाध्यमहरुले समाचार लेखेपछि सेनाले आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

उता नेकपा स्रोतका अनुसार आफूहरुको सुरक्षाकर्मी माथि आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ । आफू र सुरक्षाकर्मीलाई उत्तेजित पार्ने षड्यन्त्रका साथ समाचार सम्प्रेशण भएको नेकपाको दाबी छ ।
यसैबीच नेकपाका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ ।

प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal