आज :

बहिर्गमित जनमुक्ति सेनाका महासचिव भन्छन्-सिकेलाई गोली ठोक्नुपर्छ, ओलीलाई देश निकाला !

काठमाडौं । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति राष्ट्रघाती भएको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति जनाएको छ । उक्त सम्झौता फिर्ता लिन समेत माग गरेको छ ।

बहिर्गमित जनमुक्ति सेना नेपालका महासचिव राजन थापा ‘सुवास’ले सिकेसँग भएको ११ बुँदे सम्झौता राष्ट्रघाती भएको बताएका छन् । उनले सम्झौता फिर्ता लिनुपर्ने माग पनि गरेका छन् । सुवासले सिके विखण्डनकारी भएको बताउँदै सरकारले सम्झौता गरेर गल्ती गरेको बताए ।

अनलइन डबलीसँग कुरा गर्दै महासचिव सुवासले सिकेसँग भएको सम्झौता फिर्ता नगरेपछि प्रधानमन्त्री ओलीविरुद्ध देशद्रोहको मुद्दा लगाउने पर्ने बताएका छन् । “मेधसलाई अलग बनाउन खोज्ने सिके राउत विखण्डनकारी हुन् । उनलाई कारवाही गर्नुपर्छ । तर, सरकारले उल्टै सम्झौता गरेर विखण्डनकारीलाई संरक्षण दिएको छ । ११ बुँदे सम्झौता फिर्ता लिन नलिए प्रधानमन्त्री ओलीलाई देशद्रोहको मुद्दा लगाउनु पर्छ” सुवासले भने । उनले सिकेले जनकपुरमा देखाएको पछिल्ला हर्कतले ११ बुँदे सहमतिको भित्री कुरा भएको बताए ।
मधेसलाई सिक्मिकरण गर्ने योजनासहति मधेस घुसेका सिकेसँग सम्झौता सरकारले गल्ती गरेको बताए । देश टुक्रयाउने सिकेलाई सरकारले नै सहयोग पुग्नेगरी सम्झौता गरेको सुवासको दाबी छ ।

नेपाल मेरो देश होइन भन्दै मधेस टुक्रयाउन माग गर्ने सीकेलाई गोली ठोक्नु पर्ने बताउँदै सुवासले मूलधारमा ल्याएको भन्दै सरकारले संरक्षण दिएको आरोप लगाए । उनले जनतालाई सचेत हुन आग्रह समेत गरे । “यो सम्झौता राष्ट्रघाती छ । सरकारले फिर्ता लिनुपर्छ, यदि नलिएपछि प्रधानमन्त्रीज्यूविरुद्ध देशद्रोहको मुद्दा लगाउनु पर्छ ।”

महासचिव सुवासले सिके राउतले आइतबार जनकपुर गरेको प्रदर्शन आपत्तिजनक भएको बताए । सरकारले मुलधारको राजनीतिमा आएको भनेपछि सिकेले स्वतन्त्र मधेसको नारा लगाउनुले ११ बुँदेको भित्री कुरा सडकमै पुगेको सुवासको दाबी छ ।

प्रधानमन्त्री ओलीले पदको दुरुपयोग गरेर जनयुद्ध नेतृत्वकर्ता प्रचण्डलाई सिकेसँग तुलना गरेको भन्दै सुवासले आपत्ति जनाए । “जनयुद्धको नेतृत्वकर्ताहरुलाई विखण्डनकारी सिकेसँग तुलना गर्न मिल्छ ?” सुवासले प्रश्न गरे । विखण्डनकारीलाई देशप्रेमी देख्ने भए प्रधानमन्त्री नै राष्ट्रघाती हुने सुवासले आरोप लगाए ।

सिकेका पछिल्ला गतिविधिले ११ बुँदे सहमति भारतले तयार पारेर पठाएकै हो त ? भन्ने प्रश्न खडा भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal