आज :

आरोप लगाइरहँदा छलफल गर्न भारतलाई पाकिस्तानको आमन्त्रण

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे कुनै सोच-विचारबिनै त्यसको जवाफ दिने बताएका छन् ।

भारत प्रशासित जम्मु-कश्मिरको पुलवामा गत बिहीबार ४० सुरक्षाकर्मीको मृत्यु हुनेगरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाइरहँदा पाकिस्तानी प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो ।

मंगलबार एक सम्बोधनमार्फत उनले भारतले बिना प्रमाण पाकिस्तानमाथि आरोप लगाएको दाबी गरे । ‘पाकिस्तान स्थायित्वतर्फ अघि बढिरहेका बेला भारतले बिना आधार किन आरोप लगाइरहेको छ ?’ भन्दै पाकिस्तानी प्रधानमन्त्रीले प्रश्न गरे ।

पाकिस्तानी भूमिको प्रयोग गरेर कुनै पनि आक्रमण गरिए त्यो आफूहरुको पनि शत्रु भएकाले पाकिस्तानमै आएर जाँच गर्नसमेत उनले आग्रह गरे ।

प्रधानमन्त्री खानले छलफलबाट सबै विषयको समाधान निकाल्न सकिने भएकाले कश्मिरको विषयमा छलफल गर्न भारतलाई आमन्त्रण समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal