आज :

७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिलएका पाठकमाथि अख्तियार नै थाल्यो अनुसन्धान 

काठमाडौं । राजनारायण पाठकिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

नेपाल इञ्जिनियरिङ कलेजसँग ७८ लाख रुपैयाँ घुस लिएका आयोगका आयुक्त पाठकमाथि आयोगले अनुसन्धान सुरु गरेको हो । उनले कलेजमा भएको भ्रष्टाचार मिलाइदिने भन्दै उक्त रकम घुस मागेका थिए ।

चौतर्फी दवावपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए । सरकारले राजिनामा नदिए महाअभियोग लगाउने चेतावनी दिएपछि बाध्य भएर पाठकले राजिनामा दिएका  थिए ।

अख्तियारका अनुसार सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको छ । आयोगले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सक्ने राय दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal