आज :

प्रहरीले पीडकलाई नपक्रेपछि अपाङ्गता भएकी महिला पुगिन् सोभा पाठकलाई गुहार्न

  • अनलाइन डबली

काठमाडौं । आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् ।

कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ महिनाअघि काठमाडौंस्थित ३ कुने प्रहरीमा उजुरी दिएको र पक्राउपूर्जी जारी गरेर पनि आजसम्म पनि पक्राउ नगरेकोले मिडियामा आउन बाध्य भएको जनाएकी छन् ।

अभियान्ता सोभा पाठकले परिवर्तनपछि आएको सरकारले पनि पीडितका पक्षमा काम नगरेको आरोप लगाएकी छन् । “यत्रो आशा र भरोसाको सरकारले अझै पनि यस्ता पीडितलाई न्याय दिएन, ९–९ महिनासम्म किन गिरफ्तार गरिरहेको छैन” पाठकले प्रश्न गरिन् । उनले आज बेलुकासम्म निज शाहलाई प्रहरीले पक्राउ गर्ने आशा रहेकोसमते जनाईन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal