काठमाडौँ। नेपालको सांगीतिक क्षेत्रको अतूलनीय श्रृजना “जय यल देय्” गान सार्वजनि भएको छ।
यल ( ललितपुर ) नगरको गरिमा गान “जय यल देय्” ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष, निर्मलरत्न शाक्यको रचना, परिकल्पना एवं उहाँकै प्रस्तुतिमा आज ललितपुरको मंगल बजार कार्तिक डबलीमा एककार्यक्रमका बिच सार्वजनिक गरिको हो ।
संगीतकार मनराजा नकर्मीको संगीत, भूपेन्द्र बज्राचार्यको संगीत संयोजन, सुमन कपालीको रेकर्डिङ, फिरोज बज्राचार्यको मिक्सिङ÷मास्टरिङ, अमोघवीर बज्राचार्यको ब्यवस्थापन, अमर चित्रकारको छायांकनमा विश्वास बज्राचार्य र ज्योति म्यूजिकले भिडियो निर्माण गरेको यस गानमा २६५ गायक गायिकाहरुको स्वर रहेको छ भने सोही अनुपातमा कलाकारहरुको अभिनय रहेको छ ।
कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतिका साथै नेपाल भाषाका गीतहरु प्रस्तुत गरिएको थियो।
म्युजिक भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला –


बुद्धशरण शाही


