आज :

पुर्व विद्यार्थी नेता पुर्ण सिंहले प्रकाशन गरे `नवऔपनिवेशिक दलाल पुँजीवाद´

  • अनलाइन डबली
काठमाडौं । पुर्व विद्यार्थी नेता पुर्ण बहादुर सिंहले नवऔपनिवेशिक दलाल पुँजीवाद नामक पुस्तक प्रकाशन गरेका छन् । उनलेे १३ वटा शिर्षकमा उक्त पुस्तक प्रकाशन गरेका हुन् ।
उक्त शिर्षकहरु `१) नवऔपनिवेशिक दलाल पुँजीवादको सङ्कट र समाधान, २) नवऔपनिवेशिक दलाल पुँजीवादको आम चरित्र, ३) नेपालका समग्र आन्दोलनको सिंहावलोकन, ४) ऐतिहासिक समाजवाद, ५) कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न, ६) जनवाद-समाजवादको बहस, ७) नेपाली समाजको विश्लेषण, ८) नयाँ विचार पाठशाला, ९) नेपाली जनक्रान्तिको अवधारणा १०) नेपाली समाजवादको मार्गचित्र, ११) शिक्षा र नेपाली जनक्रान्ति, १२) युवा र नेपाली जनक्रान्ति, १३) डाटा पुँजीवाद र नेपाली जनक्रान्ति´ रहेको छ । उनलेे विशेषगरी अझै पनि नेपाली समाजमा क्रान्तिकाे आवश्यकता रहेको दर्शाएका छन् । उनलेे नेपाली जनताको अहिले प्रमुख दुश्मन नवऔपनिवेशिक दलाल पुँजीवाद रहेको जिकिर गरेका छन् ।
याे कसरी बनेको छ, यसले वर्तमान अवस्थामा नेपाली समाजलाई कसरी शाेषण गरिरहेकाे छ, र यसको समाधान के हाे भन्ने बारेमा स्पष्ट उल्लेख गरेका छन् । यस पुस्तकले वर्तमान नेपाली राजनीतिक समाजमा वैचारिक तरङ्ग ल्याउने विश्लेषण गरिएको छ । लेखक झण्डै २२ बर्षे विद्यार्थी आन्दाेलनमा जिल्ला देखि केन्द्रीय नेतृत्व तह सम्म नेतृत्व गरेर २०७४ सालमा विद्यार्थी संगठनबाट बिदाई भएका व्यक्ति हुन् । उनी प्रखर, बाैद्धिक, तार्किक र खाेज अनुसन्धान सहित नेपाली समाजको परिवर्तनको पक्षमा निरन्तर उभिएर निरन्तर नेतृत्व दायि भुमिका निर्वाह गर्दै आएका जनयुद्धका सहिद एवम् घाइतेजनका परिवार हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal