आज :

जर्मनीमा रहेका जेठाजु र श्रीमान कृष्णकुमार दर्नालको षड्यन्त्रले ‘मर्नु न बाँच्नुको दोसाँधमा’ छुँः सुकुमाया गुइदेल

  • अनलाइन डबली

काठमाडौं । आफ्नै श्रीमान कृष्णकुमार दर्नाल र उनको परिवारले ७५ लाखमा फसाएको सुकुमाया गुइदेलले बताएकी छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफन्तहरूहरु विवाहपूर्व वैदेशीक रोजगारीबाट कमाएको आफ्नो सम्पत्ति हत्याउन आर्थिक तथा कानुनी झमेलामा फसाएको पीडित गुइदेलको आरोप छ ।

गुइदेलले श्रीमान कृष्णकुमार दर्नाल परिवारले कानुनी झमेलामा फसाउनुका साथै विभिन्न धाकधम्की दिदै आएकोले आफू र आफ्नी १० वर्षकी छोरीको सुरक्षाको मागसमेत गरेकी छिन् । “नेपाल सरकार समक्ष निष्पक्ष अनुसन्धान, न्याय र हामी आमा–छोरीको भौतिक सुरक्षाको गुहार माग्न बाध्य भएकी छु” गुइदेलले भनिन् ।

उनले श्रीमान कृष्ण कुमार दर्नाल, जेठाजु सूर्यप्रसाद दर्नाल (हाल जर्मनी निवासी), चन्द्रबहादुर परियार, महेन्द्र केसी, प्रकाश शर्मा लगायतको मिलेमतोमा आफूलाई करिब ७५ लाख रुपैयाँ बराबरको आर्थिक विवादमा फसाइएको दाबी गरिन् ।

उनका अनुसार विवाहअघि करिब ११ वर्ष वैदेशिक रोजगारी गरेर कमाएको सम्पत्तिमाथि नियन्त्रण कायम गर्ने उद्देश्यले परिवारका सदस्यहरूले भावनात्मक दबाब दिँदै विभिन्न आर्थिक कारोबारमा आफ्नो नाम र बैंक खाता प्रयोग गरेका थिए । ती कारोबारका कारण अहिले आफू बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दा खेप्न बाध्य भएको पीडा व्यक्त गरिन् ।

गुइदेलका अनुसार २०७८ सालमा जेठाजु सूर्यप्रसाद दर्नाल र उनकी तत्कालीन श्रीमती हरिमाया रिमालबीच चलेको अंश तथा नाता कायमसम्बन्धी विवाद मिलाउने क्रममा ४५ लाख रुपैयाँ आफ्नो खातामार्फत हरिमाया रिमालको खातामा पठाइएको थियो । थप ८ लाख रुपैयाँ नगद बुझाइएको र बाँकी १७ लाख रुपैयाँको चेकसमेत आफ्नै नामबाट जारी गराइएको उनले बताइन् ।

उनले सोही घटनाका कारण ५० लाख रुपैयाँको चेक अनादर मुद्दामा १४ दिन हिरासत बस्नुपरेको तथा १७ लाख रुपैयाँको अर्को चेक अनादर मुद्दामा अदालतबाट फैसला भइसकेकाले आफू जेल जाने जोखिममा रहेको दाबी गरिन् ।

गुइदेलले आफ्नो श्रीमान कृष्ण कुमार दर्नाल २०८० सालदेखि सम्पर्कविहीन रहेको, १० वर्षीया छोरीको पालनपोषणको जिम्मेवारीसमेत नलिएको तथा सम्बन्ध विच्छेद र अंशसम्बन्धी मुद्दा दायर गरेर थप समस्यामा पारेको आरोप लगाइन् ।

पत्रकार सम्मेलनमा उनले आफूलाई निरन्तर मानसिक तनाव, सामाजिक दबाब र ज्यान मार्ने धम्कीसमेत आएको दाबी गरिन् । यसका कारण आफ्नो र छोरीको सुरक्षामा गम्भीर जोखिम उत्पन्न भएको भन्दै नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग सुरक्षा प्रदान गर्न र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिन् ।

गुइदेलले विवाहपूर्व आर्जन गरेको सम्पत्ति रोक्का हुँदा दैनिक जीवनयापन र छोरीको पालनपोषणसमेत कठिन बनेको बताउँदै दोषीमाथि कानुनबमोजिम कारबाही र आफूलाई न्याय दिलाउन राज्यसँग माग गरिन् ।

अभियान्ता सोभा पाठकले सुकुमाया गुइदेल धेरै महिनादेखि आफूकहाँ आएर न्यायको लागि पहल गरिदिन भनेकोले आफूले मिडिया समक्ष जान सुझाएको बताईन् । “सुकुमाया जस्तै धेरै पीडित मकहाँ आई पुग्नुहुन्छ, म आफै पनि पीडित, न न्यायालय न त प्रहरी प्रशासन तर पनि पीडित आशले आउँछन्, मेरो आधार मिडिया त्यसैले उहाँको बारे मैले यति पहल गरें” पाठकले भनिन् ।

पाठकले सुकुमाया वास्तविक पीडित रहेको कुरा उनका कागजपत्र तथा न्यायालयलेसमेत केही हदसम्म उनी पीडित पुष्टि गरेको प्रमाणले देखाएको बताईन् । “म आफै फस्ने काममा लाग्दिन उहाँ साँच्चिकै अन्यायमा परेको थाहा पाएँ, त्यसपछि पीडकहरुसँग कुरा गर्दा उहाँरुले गल्ति पनि स्वीकार्नु भयो, तर न्याय दिनुभएन, त्यसैले प्रेसमिट गर्न बाध्य भइयो” पाठकको कथन छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal