आज :

६ महिना पछि कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान

  • अनलाइन डबली

सुर्खेत । बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

संवैधानिक प्रावधानअनुसार एउटा अधिवेशनबाट अर्को अधिवेशनसम्मको अवधि ६ महिनाभन्दा बढी हुन हुँदैन ।

कर्णाली प्रदेशमा नियमावली २०७४ को परिच्छेद–२ को दफा ३ मा अधिवेशन आह्वान र अन्त्यको व्यवस्था गरिएको छ । जसको उपदफा २ मा सभाको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भ बीचको अवधि ६ महिनाको हुनुपर्ने उल्लेख छ ।

गत साउन २१ गते बर्षाे अधिबेशन अन्त्य भएको थियो । वर्षे अधिवेशन समापन भएको माघ २१ गते ६ महिना पुग्दैछ । गत भदौ २४ मा आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएका कारण पनि प्रदेश सभा बैठक आह्वानमा ढिलाई भएको थियो ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीबाट प्रदेशसभामा आगजनी भएको थियो । प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुई वटा विषयगत समितिका भवन पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।

वर्षे अधिवेशन विशेष गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने हुँदा कानुन निर्माणका लागि हिउँदे अधिवेशन बढी सक्रिय रहने गर्दछ।

अघिल्लो अधिवेशनमा संसदमा पेस भएका केही विधेयक छलफलको क्रममा छन् । केही विषयगत समितिमा पठाइएका थिए ।


Download All

photo-2_8504cd39.jpg

542.1KB

photo-4_644a90a6.jpg

435.0KB

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal