काठमाडौँ । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. अर्जुन सापकोटाविरुद्ध सम्पति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा परेको छ । सरकारी पदको दुरुपयोग गरी सापकोटाले करोडौं अकुत सम्पति आर्जन गरेको भन्दै उजुरीमा कारवाहीको माग गरिएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक रहेको बेला पदको दुरुपयोग गरी सापकोटाले २५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
सापकोटाले विभिन्न ठाउँमा सम्पति जोड्नुको साथै बिलाशी जीवनशैली बिताइरहेका छन् । नेपाल सरकारका उपसचिव सापकोटाले श्रीमति र छोराको लागि दुईवटा प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी खरिद गरेका छन् ।
भक्तपुरको रोज भिल्लामा पाँच करोड रुपैयाँ बराबरको घर खरिद गरेका छन् भने छोरालाई अमेरिका एमडी अध्ययनको लागि पठाएका छन् ।
अख्तियारले सापकोटाविरुद्धको उजुरीमा छानविनको क्रममा रहेको बताएको छ । अख्तियारमा परेको उजुरीअनुसार सापकोटाले स्वास्थ्य सामाग्री खरिदमा घुस तथा कमिसन लिएका थिए । उनले सनराइज र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने गरेका छन् । अहिले जिल्ला जनस्वास्थ्य अन्तरगत काममा पनि मोटो रकम घुस माग्दै आएको दाबी गरिएको छ ।
सापकोटाले कोसँग कति कमिसन खाए ?
१. विकास सर्जिकलबाट Liquid Wast खरिद गर्दा ४ करोड हिनामिना ।
२. Hemadialysis Machine मा ३ करोड कमिसन ।
३. संजीवनी सप्लायर्स USG खरिदमा २ करोड हिनामिना ।
३. Wed Tradin सप्लायर्सबाट Wast Machine मा २ करोड कमिसन ।
५. मकुन्द गौतमको विभिन्न कमपनीबाट औषधिजन्य खरिदमा मिलेमतो गरी ५ करोड घुस ।
६. आयुर्वेद औषधिमा ४० लाम घुस ।
७. छपाई, स्टेशनरी समान खरिदमा ८० लाख हिनामिना ।
८. सिटी स्केन खरिदमा २ करोड घुस ।
९. निजी अस्पतालको स्तरोउन्नतीको नाममा ३ करोड दोहोरो पोष्टिङ गरी स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख हुँदा अनियमितता ।
१०. एम्बुलेन्स तथा पिकअप जीप खरिदमा १ करोड अनिमितता ।