
काठमाडाैँ । दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र विद्राेही समूहबीच मुठभेड भएको छ ।
सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ ।
शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो ।
जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शंकास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो ।
सुरुमा संदिग्ध आतंककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।