आज :

जनयुद्धको बेला नर बहादुर कर्मचार्यको भूमिका महत्वपूर्ण थियो: प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नर बहादुर कर्मचार्य जनयुद्धको बेला अभिभावकको रुपमा प्रस्तुत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नर बहादुर कर्मचार्यको जन्म शताब्दीको अवसरमा आयोजित जनसांगितिक कार्यक्रममा उनले कर्मचार्यसँग जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा सल्लाहा लिएको स्मरण गर्दै त्यो समयमा नर बहादुर कर्मचार्य अभिभावकको रुपमा प्रस्तुत भएको बताए ।

उनले भने, ‘म जनयुद्धको तयारीमा थिए र अन्तिम तयारीको सबै काम नर बहादुर कर्मचार्यको उत्प्रेरणामा भएको थियो । उहाँले साच्चै जनयुद्धको नेतृत्व गर्ने हो, गर्नुपर्छ भनेर मलाई प्रेरित गरिराख्नु हुन्थ्यो । यो विषयमा उहाँ मेरो लागि साच्चैको अभिभावक बन्नु भयो । मैले जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा उहाँसँग सल्लाहा पनि गर्ने गरेको थिए ।’

यस्तै, उनले नर बहादुर कर्मचार्यबाट सबैले लिनु पर्ने शिक्षा र प्रेरणा भनेको वैचारिक निष्ठा, क्रान्तिको निरन्तरता, इमान्दारिता, सरलता जस्ता गुणहरु भएको भन्दै यसबाट मात्र राष्ट्रको सेवा गर्न सकिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal