आज :

अब सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध

  • अनलाइन डबली

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ देखि सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सुचना जारी गर्दै सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान र बोर्ड÷समिति तथा प्रतिष्ठानका नाममा पत्र लेख्दै आगामी आव देखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न भनेको हो ।

नयाँ आव देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्नुपर्ने मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ । अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal