
हुम्ला । हुलाक सेवा विभागको कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख शंकर प्रसाद ढकाललाई कारबाहीको लागि सरोकारवाला पीडितहरुद्वारा हुलाक सेवा विभाग तथा मन्त्रालयमासमेत उजुरी दिएका छन् । २०८१ फागुन २१ गते काठमाडौंस्थित विभागमा दर्ता भएको उजुरीमा पीडितहरुको लाखौं रकम ढकालले हिनामिना गरि खाएको तथा भ्रष्टाचार गरेको उल्लेख छ ।
ढकालले अधिकार र अख्तियारीको दुरुपयोग गर्दै सो कार्यालय अन्तरगतका हुलाकी, हल्कारा र अतिरिक्त हुलाक कर्मचारीका दरबन्दीमा बहाल गरी निजहरुको पारिश्रमिक रकमबाटै घुसबापत अशुल गर्दै आएको आरोप लगाएका छन् ।
ढकालले १५ वर्षदेखि निरन्तर अबकास व्यक्ति, करार नियुक्तिमा र सरुवा बापत लाखौं रकम अशुल्दै आएको पीडितहरुको गुनासो छ । सथौ सो उजुरीमा ३/४ वर्षसम्मको पारिश्रमिक रकम कर्मचारीहरुलाई नदिई विभिन्न माध्यमबाट ढकाल आफैले लिएर शोषण गरेको उल्लेख छ ।
१० पटकसम्म सरुवा हुँदा पनि ढकाल शक्ति र पहुँचको अडमा बारम्बार हुम्ला हुलाक कार्यालयमै फार्किनुको मुख्य कारण नै हुम्लामा आफूहरुलाई प्रयोग गरेर नीतिगत भ्रष्टाचार गरिरहेकोसमेत आरोप लगाएका छन् । उनिहरुले विभागमा दर्ता गराएको उजुरीमा नेपाल सरकार संचार, सूचना तथा प्रविधि मन्त्रालयलाईसमेत बोदार्थ गरी आफूहरुको पारिश्रमिक अशुल गरिदिन र निज ढकालमाथि छानविन गरि तत्काल कारबाहीको मागसमेत गरेका छन् ।
यसअघि पनि अनलाई डबलीले ‘हुम्लामा बसी अख्तियार दुरुपयोग गर्दै ढकाल, लाखौं भ्रष्टाचार गरेको आरोप’ शिर्षकमा समाचार प्रकाशित गरेका थियो । यससँगै पीडितहरु ढकालको गैरकानूनी हर्कतका विरुद्ध र उनहरुको न्यायको लागि विभिन्न ताल्लुकदार निकायमा धाउन थालेका छन् ।
हुम्ला हुलाकमा बसी अख्तियार दुरुपयोग गर्दै ढकाल, लाखौं भ्रष्टाचार गरेको आरोप