आज :

लाभांश पारित गर्न निफ्रा द्वारा मंसिर २३ मा साधारण सभा आह्वान

  • अनलाइन डबली

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर २३ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव अगाडि सारेको छ । साथै सभाले आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका अन्य नियमित एजेन्डामाथि पनि निर्णय गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ । निफ्राले गत वर्षको वित्तीय प्रगतिसँगै शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गर्दै आएको छ ।
साधारण सभा काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा बिहान ९ बजेबाट सुरु हुनेछ । सो अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता रहेका शेयरधनीहरूले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal