![](https://onlinedabali.com/wp-content/uploads/2025/02/Apple-Images.jpg)
हुम्लाका आंशिक रुपमा सडकको रेखाले छोएकाले यो वर्ष ढुवानी अनुदानमा ४७ हजार केजी स्याउ निकासी भएको छ । यसबाट करीब १५ लाख रुपैँया आम्दानी भएको छ ।
परियोजना कार्यान्वयन इकाई स्याउ जोन कार्यालय हुम्लाले हुम्लाबाट ढुवानी गरेर जिल्ला बाहिर लिने किसानलाई ५० प्रतिशत अनुदानमा स्याउ ढुवानीमा सहयोग गरेको छ ।
हुम्लाबाट ३ हजार ३६६ कार्टुन स्याउ ढुवानी अनुदानमा निकासी भएको छ । एक कार्टुनमा १४ केजी स्याउ राख्न मिल्छ । हुम्लाबाट ढुवानी गरेर लिएका स्याउ सुर्खेत, नेपालगंज, धनगढी, दाङ, बुटवल, नारायणगढ, पोखरा र काठमाडौंमा समेत पुगेको उद्योग वाणिज्य संघ हुम्ला स्रोतबाट जानकारी प्राप्त भएको छ ।