![](https://onlinedabali.com/wp-content/uploads/2025/02/bajroyogini.jpg)
पदाम् श्रेष्ठ –
साँखुमा प्रत्येक वर्ष झैं यस वर्षपनि माघ महिनामा लाग्ने स्वस्थानी ब्रत कथा मेलाकै अवसरको सदुपयोग गर्दै शंखरापुर नगरपालिकाले माघ १६ देखि २० गतेसम्म पाँच दिने महोत्सवको आयोजना गरेको छ । जुन महोत्सवलाई पर्यटनसंग जोड्दै लान देशबासी लागिपरेका छन् । यसका लागि साँखु किन भनियो ,यहाँका ऐतिहासिक ,सास्कृतिक र पर्यटकियस्थलबारे यहि कै विज्ञहरुबाट लिएको आख्यान ,ईतिहास लेखन आदि केलाईदा निम्न तथ्यहरु पाईएका छन् ।
तथ्य केलाउँदा ःसाँखु
बोधिसत्व मणिचुड महाराजद्धारा आफनै शिरको मस्तक काटेर दानगरी देशबासीलाई असाध्य रोगबाट बचाएको ठाउँ भनिन्छ ,साँखुलाई ।
त्यसैले वज्रयोगिनीको देशसाँखुलाई काठमाडौंको शिरपनि भनिन्छ । प्रत्येक वर्ष मिलापुन्ही (पौष पूर्णिमा) देखि सिः पुन्ही (माघ पूर्णिमा) सम्म शैल अर्थात साली नदीमा लाग्ने स्वस्थानी व्रतकथा मेला र चैत्र पूर्णिमा सक्वः पुन्हीको वज्रयोगिनी जात्राले साँखुलाई प्रख्यात बनाएकोछ । बौद्ध जोरपाटीबाट १५किमी पूर्व थुगुं,सलगुं, गुभागुं र इतागुं डाँडाले घेरिएको साँखु वज्रयोगिनीको आज्ञाअनुसार राजा शंखदेव र पूजारी जोगदेव बज्र मिली कलिगत संवत् १८०१मा साँखुलाई नौ संयोजन र शंखाकार युक्त बनाएको मानिन्छ । नेपालभाषामा सँकोले तिव्बत मुनिको देश भनिएको हो । जुन साँखु बस्तीलाई नौवटा विहारहरुले संरक्षित तुल्याएका छन् ।
१) पदम गिरी धर्म धातु महाविहार वज्रयोगिनी (योगेन्धर बहाः),
२) सिद्धि कुल धुलायटोल (थथुबहाः) ३) वज्रचक्र सालखाटोल (ओपी बहाः),
४) ज्ञानचक्र दुगाहिटी (याम बहाः),५) धर्मधातु दथुननी (सुय बहाः),
६) गुणाकर सुन्टोल (कोबहाः) ,७) जयनाकर चलाखुटोल (मुसु बहाः)
८) धर्मचक्र दुगा हिटी ९) होनाकर दथु चुक (दुछै बहाः) थिए ।
साँखु देशभित्रका कुण्ड ः अष्टमातृका ः नौवटा ढुंगे धारामा ः
रत्न कुण्ड, धर्म कुण्ड,मणि कुण्ड,मान कुण्ड,गुणवान् कुण्ड,पूर्णेण्डु कुण्ड,शितली कुण्ड, तारा कुण्ड,योग कुण्डमा अनन्त,पद्म, तक्षक, बासुकी, शंखपाल, कर्कोटक, कुलिक,महापद्म र वरूण नागराज छ ।
जोगहिटी, तःहिटी,द्धगाहिटी,लांकोहिटी,जयवलीहिटी,छपुहिटी,निपुहिटी,स्वपुहिटी र सुपालीख्य हिटी ।
महाकाल टोलमा महालक्ष्मी ,दथुमसालमा चामुण्डा साधुश्मसानमा ब्रम्हायणी,उपश्मसानमा रूद्रायणी,बांदोलमा वाराही, इतामुगमा ईन्द्रायणी, सलंख्वमा कुमारी,इविचासमा वैष्णवी र सलगुंमा सिंहिनी व्याघ्रिनी अष्टमातृकागण छन् ।
राजा अंशुवर्माकी छोरी भृकुटी र चीनका सम्राट स्रङचङगम्पोबीच स्वयम्बरस्थल वज्रयोगिनीलाई ने.सं.१८७ तिर नेपाल पसेका शंकराचार्यले ध्वस्त पारेका थिए । तर बुद्धको पूर्वजुनी मणिशैलबाट बगेको शैलनदीमा माघ महिनाभर महायानी लुगा पहिरने, नारायणको नाउँलिई शिवको व्रत र वज्रयोगिनीको क्षमापूजा हुदैनै आईरहेका छन याहाँ ।
साँखुदेश सात पोखरी ः,सांस्कृतिक डवली ः
२७ वटा चोकमा विभक्त ः
जवगु कलसपुखु,खवगु कलस पुखु,भौ ध्वाखा,द्यो पुखु पुखुलाछी,महाद्यो पुखु साल्खा,पलिस्वाँ पुखु स्वाँला,पलिस्वाँ पुखु धलंक्वय र दथुननी क्वापाद्यो पुुखु गरी सातवटा पोखरी छन् । द्यो दबू धुलाय त्वाः, जनदबू साल्खाटोल, देवीदबू चाला खुटोल र लायकुदबू इल्लाटोलमा निर्माण गराएको पाइन्छ ।तिनांख्य, तःख्य, सलंख्य, इताख्य, याल्मा, ज्वःख्य, ससुख्यः, सुपालीख्य, नाउका सातवटा खुल्ला खेलकुदका लागि चौर रहेका छन् । ४७ फल्चा पाटी, २२ सत्तल, ६४ लिंगेश्वर र आठवटा ध्वाखा थिए । तीमध्ये देवता भित्रयाउने द्यो ध्वाखा, बुहारी भित्रयाउने भौमचा ध्वाखा, छोरी विवाह गरी अन्माउने म्ह्यायमचा ध्वाखा,मृतकलाई घाट पु¥याउने सी ध्वाखा र शैल नदीमा माधव नारायणको मूर्ति लैजाने नारांद्यो ध्वाखा छन् ।
शैलनदी ः (साली नदि )
बोधिसत्व मणिचुड महाराजको वासस्थानबाट बगेको नदि शैलनदि साँखुबाट २ किमी पूर्व ओर्लिएपछि पुगिन्छ । जहाँ पौष मिलापुन्हीदेखि माघ सिः पुन्ही गौतम बुद्धको आयुसंस्कार परित्यागको दिनसम्म स्वास्थानी व्रतमेला लाग्दछ । नदीमा स्वस्थानी मन्दिर, भीमसेन,गणेश, शिव, चन्द्रावती कुष्ठरोगीको घर,नाग, माधव नारायण मन्दिर छन् । नौ थरे नेवारको लास जलाउने घाटमा साँखुको ईन्द्रयणी गुठी कात्य र सिकाकु छ ।
ज्योतिर्लिगेंश्वर महादेव ः
शालीनदीमा ३ सयवर्षे पीपलको रूख नारायण डबली दुईतल्ले पेगोडा मन्दिर छ ।
ने.सं.७५४मा काशीराम भारोद्धारा निर्मित माघे संक्रान्तिमा खटजात्रा हुन्छ ।
म्हासुख्वा माजु बज्रयोगिनी ः
साँखु ध्वाखाबाट ढुंगेभ¥याङ उक्लिए वज्रयोगिनी पुगिन्छ । आख्यानुसार सत्ययुगमा पञ्चरश्मिस्वरुप गुं विहारमा मन्दिर अष्टसिद्धि अग्नेधर बज्राचार्यले बनाउन लगाए । भनिन्छ,,वज्रयोगिनीकै सल्लाहमा मञ्जुश्रीले उपत्यकाको पानी बाहिर पठाएका हुन । सुन्दर वनको बीच तीनतल्ले धातुछानायुक्त वज्रयोगिनी मन्दिर राजा प्रताप मल्लले ने.सं ७७५मा पुनर्निर्माण गराएका थिए । मन्दिरको तीन ढुंगेधारामा कुंदिएको अस्पष्ट लिच्छवी संवत् २८८ले यो शिक्षास्थल थियो । स्वयम्भूचैत्य र १६औं शताव्दीको दुईतल्ले मन्दिरभित्र अमिताभ बुद्ध छन् ।
धर्मदेव, विक्रमादित्य र विक्रम संवत् ः
वंशावलीअनुसार, अशोकले छोरी चारूमतीको विवाह देवपत्तन पशुपतिका देवपालसंग गराएपछि , १४औं किराती राजा स्थुङकोले विशालनगरबाट आफ्नो राज्य टोखादेखि साँखु विस्तारसम्म विस्तार गरे । त्यसैबेला वैशालीपति धर्मदत्तले पशुपतिको उत्तर–पश्चिम कुनामा धर्मदत्तचैत्य स्थापनागरी सुन बनाउने पारस मणि प्राप्त गर्न साँखु वज्रयोगिनीको १२वर्ष ध्यान बसेको आख्यान प्रचलित पाईन्छ याहाँ । सोही समयको कुरा हो राजाले ठूलो कराईमा तेल तताई ऋद्धिवलले आफूलाई पाक बनाई समर्पित गर्थे । एक दिन त्यागबाट प्रशन्नदेवीले भनिछन्– भोलि बिहान शुभमुहूर्तमा आउनु पारसमणि बनाउने सूत्र दिनेछु । उक्त कुरा राजाको पाहुना लाग्न आएका विक्रमादित्यले सुनी राजा भन्दा पहिले पुगी आफैंलाई देवीमा समर्पण गरे । देवीलेपनि विक्रमादित्यलाईनै पारसमणि सूत्र दिइछन् । परचक्रीसामु गोप्यता जोगाउन नसकेकैलेराजा धर्मदेवले साँखु राज्य त्यागी देवीकै ध्यानमा बिताइदिएको रे भन्ने आख्यान सहित बज्रयोगिनी मन्दिरपछाडि बुद्धचैत्य, विक्रमादित्यको टाउको भुइंतलामा र माथिल्लो तलामा वज्रयोगिनीको जात्रा गर्ने मूर्तिघर राखिएको पाईन्छ ।
मणिशैल पर्वतमा अबस्थित मणिचुँड दह
भगवान गौतम बुद्ध भन्दा अगाडिको आख्यान हो । एक पल्ट साँखु देशमा ठुलो खडेरी परी ठुलो अनिकाल र रोगव्याधीबाट हाहाकार मच्चिएछ । देशबासीलाई असाध्यरोगबाट वचाउन के गर्नु पर्ला भनि तत्कालिन बोधिसत्व राजा मािणचुड महाराजले यसो ध्यानदृष्टिले हेर्दा आफ्नै शिरको मष्टक काटेर त्यसको जल देशबासीमा खुवाएमा रोगबाट मुक्त हुने तथ्य प्रमाणित भएछ । आफु एक जनाले प्राणको आहुती दिई देशबासीको रोग ,भोक र अनिकालबाट मुक्ति मिल्छ भने म त्याग गर्छु भनि आफ्नो शिरको मष्टक काटी आफैंले दान गरेकोले सो पवित्र स्थान मणिचुड दहको नाउँले प्रख्यात बन्न पुगेको छ । साँखु बज्रयोगिनी मन्दिरबाट ४ कि.मी. डाँडै डाँडा हिडर वा गाडी मोटरसाईकलमापनि पुग्न सकिने मणिचुड दह यस क्षेत्रको पवित्र तिर्थस्थलपनि हो । यहि दह मणिशैल पर्वतबाट झरेको पवित्र नदिलाई शैल नदि भनिएको हो । बर्तमानमा स्वस्थानी माताको कथिन ब्रत बसी माघ महिनाभर यहि शैल नदिमामाधव नारायणको भव्य पुजा गरिदैआईरहेको छ । शाली नदिमा माधवनारायण , बौद्ध देवि बज्रयोगिनी र मणिचुड महाराजको बासस्थान मणिचुड दहको मेला ,पुजा एक साथ गर्ने युवा जमात बढ्दै जान थालेको छ । साँखुको मुल ऐतिहासिक बस्तीबाट दुई घण्टा हिडेर पुग्न सकिने मणिचुड महाराजको त्याग भावनाको कदर स्वरुप प्रत्येक वर्ष जेष्ठ पुर्णिमाँको दिन यहाँ भव्य मेला भर्ने गरिन्छ । बौद्ध देवि बज्रयोगिनी आफैंमा डाँडामा रहेको पवित्र देवस्थल हो भने त्यो भन्दा माथि डाँडाको विच एउटा ठुलो पोखरी र राजोपाध्याय बैदिक व्राम्हणहरुका पुर्खाले अग्नीशाल स्थापना गरिएको पवित्र गुफापनि यहाँ रहेको छ । त्यसैले मणिचुडलाई त्यागभावनाको पवित्र तिर्थस्थलको रुपमा पुजिन्छ ।