आज :

प्रधानमन्त्री निवासमा सरकार, दल र जेनजी प्रतिनिधिबीच वार्ताः बाहिर घाइतेको नाराबाजी

  • अनलाइन डबली

काठमाडौं । सरकारको आयोजनामा त्रिपक्षीय छलफल चलिरहेको छ । तोकिएकै समयमा चुनाव गराउन सहजीकरणको लागि सरकारले पहिलोपटक त्रिपक्षीय छलफल बोलाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, संसदमा रहेका राजनीतिक दल र जेनजी प्रतिनिधि छलफलमा छन् ।

आफूहरुका मागको बेवास्ता गरेको भन्दै प्रधानमन्त्री निवासको गेटमा घाइतेहरुले नाराबाजी गरिरहेका छन् । घाइतेहरूको एकीकृत समूहमा आवद्ध घाइते जेनजीले नाराबाजी गरेका हुन् ।

आजको छलफलमा घाइतेको प्रतिनिधि नभएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनिहरुले सरकारसँग जवाफ समेत मागेका छन् ।

जेनजीका घाइतेको यो समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई घाइतेको तर्फबाट भन्दै पटकपटक आफ्ना माग राख्दै आएको छ । तर, अहिलेसम्म सम्बोधन नभएको उनिहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal