
काठमाडौँ । ठमेल स्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौँमा प्रदर्शन गरेको छ ।
उक्त भवन लिक्षविकालिन् ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी आइतबार काठमाडौँको सुन्धारा क्षेत्रमा प्रदर्शन भएको हो ।
लिच्छविकालीन सम्पदा , इतिहास मासेर व्यापारिक भवन छायादेवी कम्प्लेक्स बनाउने कार्यमा संलग्नलाई समेत कारबाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत उनीहरुको माग रहेको छ ।
बौद्ध शिक्षा अध्यनको इतिहास रहेको विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेक्स छाया सेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेक्स भत्काउनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीहरूले छायादेवी कम्प्लेक्स बहिष्कार गरौँ, कमलपोखरी पुनर्स्थापित गरौँ, सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक हौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसै गरि ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायाँदेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसलाको निरूपण यही मंसिर २४ गते हुने भएको छ । गत कात्तिक ७ गतेबाट सो मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ। गत सोमबार दुवै पक्षले लिखित बहस नोट पेस गरेका थिए।
नेपाल भाषामा ‘ थँ ’ को अर्थ जेष्ठता , उच्चता अग्लो र माथिल्लो हो । थँवहिल इलाका यँगाल, लगन, इन्द्रचोक भन्दा माथि अर्थात अग्लो ठाउंमा परेकाले यस ठाउंमा श्रेष्ठ प्रधानद्वारा क्रमशील धर्मधातु राजमहाविहारलाई थँवहिल भनिएको हो । थँवहिल शब्द अपभ्रंश हुँदा ठमेल बन्न पुग्यो , जसरी कीर्तिपुरको चोयबहा: ( उच्च ठाउँमा रहेको बुद्ध विहार ) चोभार बन्न गयो ।
राजा गुणकामदेवले ने स . १०६ ताका कान्तिपुर नगरलाई व्यवस्थित ढंगमा बसाउँदा थमग्राम भनिने थँवहिल काठमाडी नगरदेखि बाहिर एकलास – एकान्त र छुट्टै स्थानमा थियो । नगरलाई ठहिटी क्वा बहालदेखि असन माछा देवतासम्म चधुपुर्द , माछा देवतादेखि मखन बहालसम्म दथुपुँई, मखन देखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लायकुपुई र काष्ठमण्डप मरूसत.देखि यंगाल हिटीसम्म क्वथुपुई गरी जम्मा ४ प्रशासनिक एकाइमा वर्गीकरण गरिएको थियो । चारवटा पुईभित्र १८ वटा बज्राचार्यको मूल महाविहार र १६ शाक्यको बुद्ध विहार रहेका छन् । तर यी कुनै पनि बिहार र महाविहारसँग कुनै सम्बन्ध नरहेका प्रधान जातका श्रेष्ठको बहिल बुद्ध बिहार दे आचार्य गुथिसँग पनि सम्बन्धित छैन् ।
ने.सं. ३४४ मा निर्मित थँवहि ( विक्रमशील महाविहारको मूलदेवता सिंहमार्थवाह ( गरूड भगवान ) लाई मूल मानी पुज्ने परम्परा छ । सिंहसार्थवाह प्रधानका पुर्खा हुन् , बिहारका हरेक पूजा , पर्व , जात्रालगायत कार्य , काठमाडी नगरभित्रका वटा कलमा बसोबास गर्ने मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्वमा ती कव:मा पनि तखाछें कब , दुनेछें कव: , तासीचुक कव: र पिण्याछे कव: , मुख्य ताला बक , तर्ध कब र असं कव:का प्रधान श्रेष्ठहरू सहायक हुन् । बालाजुमाथि जामाचो नागार्जुन चेत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी मनमैजुलाई आँगनदेवता मान्ने थँवहिलका प्रधानहरू उपत्यकावासी श्रेष्ठ बुद्धधर्मावलम्बीको आस्था केन्द्र पनि हो ।
सिंह सार्थ बाहु संग जोडिएको इतिहास –
आख्यान अनुसार , राजा गुनकामदेबको कुलमा जन्मिएका सार्थ बाहु नामका प्रख्यात ब्यापारी पांच सय ब्यापारीका साथ तिब्बत व्यापारमा गए । फर्कदा एक अनकन्टार एकान्त ठाउमा निकै राम्री राम्री युवतिले ब्यापारी आफ्नो प्रेम जालमा पारे । यसबाट दंग दास व्यापारीहरु युवतीको चुन्गलमा फसे तर सिंह सार्थ बाहुलाइ राति हुदै जाँदा आफूसंगै आएका ब्यापारी साथीहरु एक एक गरि हराउदै गएको सुइको पाए । ख्ज्ने क्रममा उनीहरुको आभूषण, गरगहना र हड्डी मात्र देखे पछी आफु सहित बाकि रहेकाहरु लाइ उद्दार गरिदिन आर्यालोकेश्वर करुमयलाइ गुहारे । करुणामयले सतर्क गराउदै भने छन् , ‘ ति सुन्दरीहरु यक्षनि राक्षसनि हरु हुन् तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुन्द्र सेतो घोडा हुने छ , समुद्र तर्ने बेला ति यक्षनि हरुले जालमा पारी जतिसुकै बोलाए पनि पछाडि फर्किएर नहेर्नु । ’ उक्त कुरा बनियापीहरुलाई पनि बताए । तर , समुद्र तने बेनामा ती सुन्दरीहरू बोलाउन थाले , मन थाम्न नसकी पछाडि फर्किएर हेर्दा एक – एक गर्दै सबै ब्यापरी समुद्रमा खसेर यक्षनिको आहारा बने ।
नेपाल फर्किन सफल एक मात्र सिंहसार्थबाहसँग पनि एउटी रूपवती पक्षीसँगै आइपुगेकी रहिछिन् । अत्यधिक सुन्दरी ती यक्षिणीबाट मोहित हुँदै तत्कालीन राजा सिंह केतुले यक्षक्षिणीलाई दरवारमा नै रखौटीका रूपमा राखिदिए । मौका छोपी ती पक्षिणीले अन्य सन्गिनीलाई पनि बोलाई राजाको हत्या गरी खाइदिए । यस्तो बीभत्स स्थिति सुनी सिंहसार्थवाह राजस्थनगरी दरवार पुग्दा अवलोकितेश्वरको प्रभावका कारण पक्षिणीहरू भागाभाग गर्न लागे ।
दरवारलाई मान्छे खाने यक्षिणी मुक्त गराएका कारण प्रभावित भई सम्पूर्ण जनताले एक मुख गरेर सार्थ बाहलाई नै राजा घोषणा गरे राजा भएपछि थँबहि ( ठमेल ) मा करुणामयको प्रतिमा प्रतिष्ठापित गराई बिहार विस्तार गराए । विशालचोकबीच कलात्मक पेगोडाशैलीको तीनतले हिल वर्तमानमा बौद्ध अध्ययनको केन्द्रको रूपमा रहेको छ । बरिपरि दुइतले वादली , वरण्डा , धातुयुक्त तोरण टायल रातिको वहिलमा ने.सं. ८०४ , ९ २४ , १०५८ का अभिनेछन् । १६ शताब्दिमा निर्माण भएको मानिने रहस्यात्मक गुप्तदेवताको मतसँग सम्बन्धित आँगन चोकको मन्दिरको टुँडालमा कुमारी र भैरवका कलात्मक कृति कुदिएका छन् । चोकसीच स्वयम्भू रहेको छ , विहारको मुख्य पर्व फागुन पूर्णिमामा पर्दछ। फागु पुर्णिमाको अर्को दिन सिंह सार्थ बाहुलाइ खतमा राखी भित्रि सहरको थने ( माथिल्लो ) कोने ( तल्लो ) सहर परिक्रमा गराउने प्रचन रहेको छ ।