काठमाडौं । कर्णाली एकता समाजको सम्मान कार्यक्रम सम्पन्न भएको छ । समाजले राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी तिहारमा खेलिएको देउसी–भैलो कार्यक्रमलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका सदस्य मेहलबहादुर पार्कीले कर्णाली एकता समाजले काठमाडौंमा रहेका कर्णालीवासीहरुको एकतामा सघाउ गरेकोमा धन्यबाद व्यक्त गरे । पार्कीले आगामी दिनहरुमा पनि यस्तै खालका रचनात्मक गतिविधीहरुलाई निरन्तरता दिने विश्वास रहेको बताए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता मंगल बहादुर शाहीले सदियौंदेखिको कर्णालीलाई हेर्ने नकारात्मक दृष्टिकोण विस्तारै हट्दै जाँदा यस्तै समाजले गर्ने कार्यबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा राष्ट्रिय खेलाडी जगतबहादुर धामीले कर्णाली एकता समाजले नयाँ कार्यको थालनी गरेकोमा बधाई तथा शुभकामना दिदै खुसि व्यक्त गरे ।
सो कार्यक्रलाई हरि रावल, भैरव भण्डारी, दिपबहादुर महतारा, धार्ने शाही लगायतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा कर्णालीकी लोकप्रिय गायिका संगिता बडुवालको विशेष प्रस्तुतीसहित अन्य कलाकारहरुको देउडा गीत र नृत्यमार्फत मनोरञ्जनसहित शुभकामना आदान प्रदान गरेका थिए । साथै पत्रकार देविलाल रावललाई पनि सम्मान गरिएको थियो ।
देउसी भैलोमा चन्दा दिएर सहयोग गर्ने चन्दाताहरु बालकृष्ण रोकाया, गोपाल रावत, कान्तिपुर सेक्युरीटी सर्भिस प्रा.लि., तुलसी भण्डारी, बलबहादुर ऐडी, दशरथ बुढा, भैरव भण्डारी, भरत रावत, कुमार थापा, कमला मल्ल शाही, मेहल बहादुर पार्की, हिरा शाही ढकाल, ऐन बहादुर शाही, नवराज महातारा, हरि रावल, सुवास भण्डारी, नोवेल इङ्गिलिस बोर्डिङ स्कूल, मंगल बहादुर शाही, कर्णबहादुर मल्ल, जगत धामी, लाल प्रशाद ढकाल, प्रयोगलाल जैसी, उमेश श्रेष्ठ लगायत अन्य व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
समाजका अध्यक्ष तुलसी भण्डारीको सभाअध्यक्षतामा भएको कार्यक्रमलाई सचिव सन्तोष शाहीले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य कोषाध्यक्ष मञ्जु रावलले गरेकी थिइन । उपाध्यक्ष हर्क बहादुर बुढाले देउसी–भैलो कार्यक्रमको आयव्यय प्रश्तुत गर्दै ।