सूर्यविनायक नगर अस्पतालकी जनसम्पर्क निर्देशका डा. मनिशा कार्कीलाई उपचारका लागि अस्पताल आउने विरामीहरूले आफ्नै इष्टमित्र आफन्त ठान्छन् ।
विशेष गरी कोरोना महामारीको समयमा उहाँले पु¥याउनुभएको निःस्वार्थ सेवाबाट सयौं विरामी र विरामीका आफन्तहरूको विश्वास र भरोसा जित्न सफल हुनुभयो ।
अहिलेपनि उहाँ उपचारमा ज्येष्ठ नागरिक दीन दुःखी गरीव र असहायलाई पहिलो प्राथमिकता दिने गर्नुहुन्छ , अस्पतालमा उपचारर्थ पुग्नुहुने अधिकांश विरामीहरू यस्तै बताउँछन् । पुर्वप्रधानमन्त्री के.पि. शर्मा वलीद्वारा एकैपटक घोषणा गरिएको देशभरका ३ सय ६३ वटा अस्पतालहरू मध्येमा एउटा हो, भक्तपुरको सूर्यविनायक नगर अस्पताल । त्यस्ता घोषित अस्पतालहरूमध्ये अधिकांश देशभर नाम मात्रको रूपमा सिमित छन् ,भने कतिपय वन्द प्रायः भइसकेको अवस्थामा छन् तर डा. मनिशा जस्ता भावनात्मक समर्पण भाव रहेका स्वास्थ्यकर्मीहरूका कारण नगर अस्पतालले प्रगति गर्दै गइरहेको अस्पतालकै वरिष्ठ चिकित्सकहरु बताउनुहुन्छ ।
दैनिक ३सय जनाभन्दा बढी विरामीले सेवा लिइरहनु भएको सो अस्पतालमा १३ वटा वेड छन् भने ५ जना डाक्टर र १३ जना नर्ससहित वार्षिक १० करोड नगरपालिकाको बजेटमा सञ्चालित यस अस्पतालमा डा. मनिशा कार्की दुई वर्षे स्वयमसेवकबाट यो अस्पतालमा प्रवेश गर्नुभएको हो । यस अघि उहाँ नागरिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
कुनै पनि व्यक्तिले मान, दाम र इज्जत विशेष परिस्थती, विशेष अवस्थामा मात्र पाइन्छ । नत्र प्रत्येक मान्छेको कर्मकाण्डी रूपमा नै वित्दै जान्छ जिन्दगी ।
डा. कार्की सूर्यविनायक नगरपालिका अस्पतालभन्दा अगाडि नागरिक अस्पतालमा कार्यरत रहदाको कुरा हो , त्यसबेला कोरोना महामारी (कोभिड–१९) ले विश्वव्यापी माहामारी मच्चाइरहेको थियो । मानिस घरबाहिर निस्कन समेत प्रतिवन्ध थियो । स्वास्थ्यकर्मी चिकित्सकहरूले समेत धमाधम राजिनामा दिदै घर बस्न थालेका थिए ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू पनि सकेसम्म आफुलाई टाढै राखी विरामीको सेवामा लागिरहेका थिए भने कतिपय नेता मन्त्री देखि स्वास्थ्यकर्मीहरुले सेवाभन्दा बढी स्वास्थ्यमा ब्यापार गरिरहेका थिए । मान्छेको नाउँमा बाँचिरहेका लासमाथि
पनि व्यापार गर्ने स्वास्थ्य क्षेत्रका अधर्मीहरुले एम्बुलेन्स मिलाईदिने भन्दै कमिसन खान महङ्गो नर्सिड. अस्पताल पु¥याएर होस कि ,अनावश्यक दुःख दिएर लाखौं रुपियाँ ठगेका समाचार समेत सार्वजनिक नै भएका थिए । त्यति बेला थोरै स्वास्थ्यकर्मीहरू मात्र यस्ता थिए, जसले आफु र आफ्नो घर परिवारलाई भन्दा बढि विरामीको सेवामा लागिरहेका थिए । आफ्नो घर समेत नगई कोरोनाबाट प्रभावित विरामीको उपचार खटिरहे । त्यस्ता थोरै स्वास्थ्यकर्मीहरू मध्येमा पर्नुहुन्छ डा. मनिशा कार्की पनि । खाना र निन्द्रालाई समेत वास्ता नगरी खटाएको ठाउँ मनोहरा भक्तपुरको सुकुम्वासी वस्तीदेखि धनगढीसम्म पनि विरामी सेवामा लाग्दा भगवानको कृपाले उहाँलाई कोरोनाले छोएन । धपेढीका कारण ज्वरो आउथ्यो तर डा. कार्कीले आत्मवललाई दह्रो बनाएर सेवामा लाग्दा आन्तरिक शक्ति जागृत भई कोरोनाले पनि छुन नसकेको उहाँको अनुभूति छ ।
स्वास्थ्यलाई सेवा लाग्न, उत्प्रेरणा दिनुहुने आमा
सर्वधर्म समभावका प्रतिक साइबावामा आस्था राख्नुहुने व्यक्तित्व डा. मनिशा कार्कीलाई डाक्टर बन्न उत्पे्ररणा दिनुहुने व्यक्तित्व हुनुहुन्थ्यो, आमा आशा कार्की ।
आफु टिस्युकल्चरिष्ट भइकन पनि उहाँलाई डाक्टर बन्ने इच्छा रहेछ । पिता मेकानिकल इन्जिनियर श्रीबहादुर कार्की, समाजमा गिनेचुनेका सम्पन्न व्यक्तित्व तर उहाँको किड्नी फेल हुँदा तत्कालिन समयमा राम्रो उपचार पाउन नसक्दाको पीडा नजिकबाट नियाल्नुभएको थियो , डा मनिशाले ।
त्यो बेला स्वास्थ्य उपचारमा व्यापारीकरण । खर्च गर्न सक्ने र नसक्ने विरामी , उनका आफन्तप्रति गरिने विभेदलाई नजिकबाट नियाल्नुभयो ।
उहाँको दाजु इन्जियिर बन्नुभएपछि आमाको इच्छा र हौसलाका कारण मनिशा कार्कीले डाक्टर बन्नका लागि तयारी गर्नुभयो र कडा मेहनतको परिणाम उहाँ डाक्टर हुन सफल हुनुभएको छ ।
उहाँले आफु डाक्टर बनेपछि डाक्टरको जागिरे करियर मात्र नधानी भ्याएको समय समाजका दीन दुःखी, ज्येष्ठ नागरिकको समेत सेवा गर्ने दृढ निश्चय गरी सो लक्ष्य अनुसार सेवा दिंदै आउनुभएको छ । सेन्टमेरिज स्कुलमा अध्ययन गरी पोखराको मणिपाल कलेज हुदै चिकित्सा क्षेत्रमा अगाडि बढ्दा डा.काकीले स्वास्थ्य क्षेत्रमा उहाँले व्यापारीकरणको सामना गर्नुप¥यो भने पिताजीको मृत्युलगायत व्यक्तिगत जीवनमा भोग्नुपरेको बज्रपातका घटनापछि आफुलाई झनै बलियो रूपमा काममा होमिन तयार हुनुभयो ।
उहाँले आफुलाई विरामीकै सेवामा मात्र लगाउनुभएको छ । प्रसाशनिक र चिकित्सकीय माध्यमबाट । त्यसमा मलाई मेरी आमाले सधैं हौसला दिइरहनुभएको छ, छोरो जस्तो बन्नु । सहारा खोज्ने होइन दिने भन्नु भनि निरन्तर आमाको आशिर्वादले सिङ्गै जीवन विरामीको सुविधाको लागि सुम्पीन सफल हुनुभयो ।
उहाँ भन्नुहुन्छ, मभित्र एउटा जुनुन थियो, म केही गर्छु, भन्ने । मेरै अगाडि पिताले मृत्युवरण गर्नुभयो । श्रीमान पनि वित्नुभयो म पनि एक दिन मर्नुपर्छ अवश्य । एकदिन मरिजाने जीवनमा विरामीलाई आफुलाई सकेको माया दिएर हुन्छ कि उपचार सर्वसुलभ दिएर हुन्छ मैले सेवा पु¥याउनुपर्छ भन्ने लाग्यो ।
श्रीमानको निधनपछि आफुलाई विरामीप्रति नै समर्पण गर्ने सोचले अगाडि बढ्नुभयो । सुर्यविनायक नगरपालिका गुण्डुमा बनाएको घरमा निःशुल्क स्वास्थ्यसेवा, परिक्षण गर्ने क्लीनिक चलाएँ । डा. मनिषाको गुण्डुको क्लिनिकमा स्वास्थ्य परिक्षण निःशुल्क मात्र गरिदिदा पनि स्थानीय बासिन्दाले ठूलै राहत महसुस गरेर आशिर्वाद दिएर जान्छन् ,भने अन्य विरामीका लागि आवश्यक सहयोग पनि गर्दै आउनुभएको छ ।
डाक्टर भनेको औषधि लेखिदिने व्यक्तित्व मात्र होइन
अबको आफ्नो लक्ष्य नर्स डाक्टर र स्वास्थ्यकर्मीहरू भनेको औषधि लेखिदिने व्यक्ति होइन, भन्ने दस्तावेज तय गर्दै लानु हुनेछ , डा. कार्की स्पष्ट पार्नुहुन्छ । त्यसका लागि म गुण्डुमा स्थापित सानो निःशुल्क स्वास्थ्य क्लीनिकलाई सदुपयोग गर्ने कि, भन्ने लागिरहेको छ भने स्वास्थ्यमा भइरहेको व्यापारीकरण हुन नदिने चेतना मुलक स्वास्थ अभियान थाल्ने डा. मनिशा कार्की स्पष्ट पार्छिन् ।
आफ्नो चिकित्सक पेशाप्रति नै पुनविचार गर्नुपर्ने गरी विरामीमाथि भइरहेको व्यापारको सञ्जाल ध्वस्त गर्दै जानुपर्ने ढिलो भइसकेको ठानेको छु । यसका लागि मैले डा. तोषिमा कार्कीले जस्तै राजनीति गर्नु परेपनि गर्छु भन्ने लागिरहेको छ ।
राजीनीति नै गर्नुपर्ने सोच आउनुको पछाडिका कारणबारे उहाँ भन्नुहुन्छ, एकजना डाक्टर विरामीको उपचार सेवाको वरिपरी नै रूमल्लिरहेको हुन्छ तर राजनीतिक क्षेत्रमा लागेर स्वास्थ्य नीति, ऐनमा सुधार÷संसोधन गर्न पाए त्यस्तो नीतिले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सकिने र यस क्षेत्रको भ्रष्ट्रचार न्युनिकरणका लागि सहयोग पुग्छ । मेरो अनुभवमा यहाँ हाल ठूला र सुविधा सम्पन्न नीजि अस्पतालमा विरामी जान वाध्य पारेर उपचारको बहानामा दुःख दिने प्रवृत्ति पनि बढेको छ ।
थोरै खर्चमा गरिने उपचारलाई पनि बढि खर्च लाग्ने गरी विविध परिक्षण, औषधि दिएर दिने दुःख र सास्तीको अन्त्यका लागि राजनीतिक तबरबाटै आवाज उठाउनु जरूरी छ । यसकारण मैले राजनीतिमा जाने विकल्प पनि सोचेको छु ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको बेला मृत्यु हरेक व्यक्तिको वरिपरी नै घुम्दा समेत पनि अनेक उपायले स्वास्थ्य क्षेत्रले कमाए ।
तर कोरोना प्रभावित विरामीका लागि चिकित्सक, परिवारको माया र साधारण उपचार बाहेक विशेष सुविधा दिइएको थिएन ।