आज :

जसपा सरकारमा आए स्वास्थ्य र वन मन्त्रालय पाउने, उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने  

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल २० सदस्यीय भएको छ । नयाँ समिकरणसँगै प्रधानमन्त्री दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिएका थिए भने बुधबार थप मन्त्रीले शपथ लिएका छन् । एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी सरकारमा सहभागी भएका छन् ।

एमालेले ८, माओवादी ५, रविको पार्टी ४ र एकीकृत समाजवादीका २ मन्त्रीले शपथ लिएका छन्। योसँगै मन्त्रीको संख्या २० पुगेको छ । नयाँ समिकरणमा हस्तक्षार गरेका उपेन्द्र यादव भने सरकारमा सहभागी भएका छैनन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीको सुनिश्चित गर्न शिर्ष नेताहरुको प्रतिवद्धता खोजेका यादवले अन्तिम चरणमा आएर तत्काल सरकारमा सहभागी नहुने जानकारी गराएका थिए ।

उनको पार्टीको भाग दुई मन्त्रालय छुट्याइएको छ । अब जसपा सरकारमा आए स्वास्थ्य र वन मन्त्रालय पाउनेछ । नयाँ कार्यविभाजनमा  स्वास्थ्य र वन मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।

सहमतिअनुसार उपेन्द्र यादवा उपाप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने लागेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal