आज :

धानमन्त्रीले आज संसदमा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ । त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन् ।

सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका थिए । त्यहीअनुसार प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन् ।

त्यसअघि विहान ८ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । श्रोतका अनुसार बैठकमा विवादित मन्त्रीहरुलाई राजीनामा गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रस्ताव ल्याउँदैछन् ।

गठबन्धनमा मन्त्रीहरुको हेरफेर गर्ने दाहालको प्रस्ताव दुई महिनादेखि अरु नेताहरुले अस्वीकार गर्दै आएका थिए । तर राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र अन्य राजनीतिक घटनाक्रमले असमझदारी बढाउँदा वर्तमान गठबन्धनमै जोखिम पर्न सक्ने देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा लचिलो बनेका छन् ।

प्रधानमन्त्री दाहालले आइतबार विहानदेखि देउवासहित गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक-पटक भेटवार्ता गरेका थिए ।

आजको गठबन्धन बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनदेखि मन्त्री हेरफेर र संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एक मन्त्रीका अनुसार आजको गठबन्धन बैठकले टीआरसी विधेयकलाई संसद्बाट पास गरेर टुंगोमा पुर्‍याउने विषयमा निणर्य लिनेछ । ‘अहिलेसम्म सर्वसहमतिबाट विधेयकलाई टुंगोमा पुर्‍याउनेबारे छलफल भयो । तर अब सबैको सहमति पर्खिने वा बहुमतबाट गर्ने भन्ने विषयमा धेरै अलमल गर्नुहुदैन भन्ने निष्कर्षमा पुगेका छौँ,’ ती मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal