आज :

चंखेलीमा १२ लाख भ्रष्टाचारः ७ जना विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

  • अनलाइन डबली

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले चंखेली गाउँपालिकाकामा करिब १२ लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले गत हप्ता मुद्दा दायर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही इन्जिनियर, वडा नं. ३ का वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गेकोले विगो जरिबाना र कैदको माग दाबी गरेको हो ।

हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदनमाथि अनुसन्धान गर्दै सो अनियमितता भएको ठहर गरेको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/०७५ मा गाउँपालिका, मिमिको फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरेको आरोप लगाएको हो । अख्तियारले सो मूल्याङकन नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरिएको जनाएको छ ।

उनिहरुले झुट्टा बिल भरपाई गरी रु.११,९४,४२६।०८ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निजहरु बिष्णु बहादुर शाही, रुद्र बहादुर वली र हर्कधन बुढाउपर रु.११,९४,४२६।०८ (एघार लाख चौरानब्बे हजार चार सय छब्बीस रुपैयाँ आठ पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी गरेको हो ।

सो कार्यमा तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाले पनि काम भन्दा पनि भुक्तानी मुखी कार्य गरेको आरोप लागएको छ । त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष सालिग्राम ऐडीले फिल्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस तथा प्रतिवेदनसमेत दिएकोले भ्रष्टाचार कार्यलाई बढावा दिएकोले उनलाई पनि बमोजिमको सजाय हुनुपर्ने मागदाबी गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal