काठमाडौँ । नेवा: समुदायको मौलिक तथा परम्परा संग जोडिएको परिकार ‘चाकु ’ उद्यमको प्रवर्धनका लागि यस वर्षदेखि टोखा नगरपालिकामा‘चाकु दिवस’ आयोजना गरिने भएको छ ।
टोखाको नेवाः गुथिले टोखाको पहिचानकारूपमा स्थापित परिकार चाकु र यसका विविध खाद्य पदार्थसहितको मेलाको आयोजना गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न माघ १ गते चाकु दिवस मनाउने तयारी गरिरहेको हो ।
चाकु उत्पादनमा संलग्न टोखाका व्यवसायी, खेलकुद, वाद्यवादनलगायत संस्कृतिका दूतहरूको प्रोत्साहनका लागि
सम्मानसहित टोखाको पहिचान चाकु दिवस मनाउन गुथिले पहल गरेको हो ।
चाकुलाई पातमा बेरेर टोखा वरिपरिका गाउँ, सहरमा अन्नसँग साट्ने समयदेखि टोखाका स्थानीयले सखरलाई पकाएर बनाइने चाकु र चाकुका विभिन्न परिकारमा पोसिलो, जाडोमा शरीरको तापक्तम बढाउने गुणका कारण देश विदेशमा यहाँको चाकु प्रख्यात छ ।
टोखा परम्परागत चाकु सम्रक्षण समाज आवद्द स्थानीय चाकु उत्पादकको सहकार्यमा चाकुको गुणस्तर कायम गर्न टोखा परम्परागत चाकु संरक्षण समाजको गठन गरी लोगोसहित टोखामा उत्पादित चाकुका परिकार राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । नेपाललगायत अस्ट्रेलिया,अमेरिका, जापान, कोरिया, डेनमार्क, क्यानडालगायत नेपाली पुगेका सबै विदेशी मुलुकमा चाकु र त्यससँग सम्बन्धित परिकार निर्यात हुने समाजले जनाएको छ ।
समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले सो क्षेत्रका व्यवसायीले मङ्सिर १० देखि चाकुलगायत विभिन्न मिठाई बनाएको र पुस २९ सम्ममा बजारको माग अनुसारको उत्पादन गरिसक्ने जानकारी दिनुभयो । अन्य सिजनमा भने माग आए मात्र बनाउने गरिएको छ । यस वर्षको माघेसङ्क्रान्तिका लागि २० हजार केजी सखरको चाकुका परिकार तयार गरिएको समाजले जनाएको छ । टोखाबाहेक अन्य स्थानका परम्परागत नेवाः बस्तीमा पनि चाकु उत्पादन गरिन्छ तर टोखाका व्यवसायीका मेहनतका कारण टोखाको चाकु प्रसिद्ध बनेको उहाँको भनाइ छ ।
के हो टोखाको चाकु र परिकारहरु ?
पदम श्रेष्ठ –
नेपाल भाषामा चाकुको तात्विक अर्थ गुलीयो टुक्रा हुन्छ । नेपाल मण्डल अर्थात काठमाडौं उपत्यका वरीपरिका ऐतिहासिक वस्तीहरु फर्पिङको नास्पाती, भक्तपुरको जुजु धौ ,मध्येपुर ठिमीको टिकनी बजि अर्थात चिउरा, सिन्धुलीको जुनार , गोर्खाको सुन्तोला , ककनीको टाउट माछा र स्टोवेरी ,मलेखुको माछा भनिएझैं गुलीयो टुक्रा अर्थात चाकु उत्पादनको पहिचान बनाएको ऐतिहासिक बस्ती हो, टोखा । नेपालभाषामा टु भन्नाले उखु र ख्यो ले चउर भन्ने बुझिन्छ । उखु उत्पादन हुने विशाल फाँट अर्थात चउरलाई समास गर्दा टु ख्यो नै कालान्तरमा टोखा हुन गएको हो । काठमाडौंबाट १०किमी उत्तर शिफुचो ( शिवपुरी ८,९६२ फिट) को काखमा अवस्थित टोखा, चाकु उत्पादन केन्द्र हो ।
चाकु उत्पादनको केन्द्र टोखा भनिएतापनि बास्तविकतामा टोखामा चाकुको लागि आवश्यक कच्चा पदार्थ उखु याहाँ उत्पादन हुन छाडेको छ । हाल टोखामा सञ्चालित ६ वटा चाकु उत्पादन केन्द्रका लागि आवश्यक उखुको रसबाट बनेको सख्खर कपिलबस्तुको धुनिवेसीबाट ल्याईने गरेको बताईन्छ । कार्तिक महिनादेखि उत्पादन थालिने उत्पादित चाकुबाट बनेका परिकारहरु पुष्टकारी, गुँडपाक, तिलौरी , लत्तेपाआदिका परिकार नेपालमानै प्रयोग हुने र कतिपय चाकुका परिकार अमेरिका ,अष्टेलिया ,दक्षिण कोरीया,जापान , ईण्डियासम्म पुग्ने गरेको बताईन्छ । भनिन्छ , जंगबहादुर राणा बेलायत जाँदा नेपाली उत्पादन उपहार चाकुका परिकार लगिएको बताईन्छ । राणाकालदेखिनै देश विदेशसम्म उपहारको रुपमा लैजाने चाकुको परिकारको उत्पादन कम तर माग बढी भएपछि टोखा बाहिरबाट ल्याईएको उखुको सख्खर व्यापक रुपमा भित्रीन थाल्यो भने सजिलोका रुपमा सस्तो उखुको खुदो तराईबाट भित्रिन थालेपछि टोखा क्षेत्रमानै उत्पादन हुने निकालो जातको मसिनो उखुको उत्पादन थप्प प्रायः हुन पुगेको स्थानिय बुढापाकाहरु बताउँछन । चाकु विशेषगरी पुष महिनामा मनाईने योमरी पुन्ही –पौष पुणीमाँमा योमरी बनाउन र माघ महिनामा घिउ चाकुका लागि सर्वाधिक बढी प्रयोग हुने गरेको पाईन्छ ।
टोखाको चाकु पहिचान जोगाउने प्रयास
परम्परागत निगालो जातको मसिनो खाले उखुको लाक्रा टोखाको मुख्य पहिचानमुखि उखु मानिन्छ । टोखाको उखुलाई पहिचान दिनुपर्दा हातको बुढी औंला जस्तो उखुको लाक्राले उत्पादन हुने गरेको बताईन्छ । व्यापारमा नाफा नदिएपनि केहि स्थानिय युवाहरुले पुरानै उखुको वेर्नालाई जगाउने अभियान थालेका छन् ।
६वटा चाकु उत्पादन केन्द्र मार्फत टोखाको चाकुको ईतिहासलाई बचाउदै आईरहेको भएपनि स्थानिय उखुको नश्ल नाश हुने खतरा बढेपछि दशौं वर्ष अमेरीका बसेर आउनुभएका संञ्चारकर्मी हिक्मत डंगोलले टोखाको मौलिक उखुको नश्ल बचाउने अभियान थाल्नु भएको छ । यसका लागि डंगोलले नगरपालिका र वडा संग मिलेर कार्य गर्ने तय गरेका छन् । सञ्चारकर्मी हिक्मत डंगोल भन्छन् , पुराना बुढापाका मार्फत उखुको निगालो नश्लको उखुको वेर्ना संकलन गरी आफनै जग्गामा सार्न थालेको छुँ । त्यो उखुबाट खुदो निकालेर नमुना चाकु उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको छ । पुराना बुढापाकाहरुले भने अनुसार यसरी उत्पादन हुने चाकु थोरै भएपनि स्तरिय हुने नमुना स्तरको उखुको रसबाट बन्ने चाकु अर्गानिक हुने समेत विश्वास गर्न सकिन्छ ।
चाकु नेवार जीवनको अभिन्न संस्कृति
ड्ड टोखाया चाकु , मचा बुल हाकु योमरी माकु……….
ड्ड अर्थात टोखाको चाकु बच्चा जन्मियो काले योमरी स्वादिलो वोलको गीत
ख्याली जुजु मदनकृष्ण श्रेष्ठले गाउनुभए जस्तै नेवार जीवनका हरेक पक्षमा चाकु अनिवार्य मानिन्छ ।
योमरी चाकु उकि दुने हाकु
व्युम्ह ल्यासे मव्युम्ह बुढीकुटी
तीहारमा देउसी भैलो खेले जस्तै चकु तिलले तरीका संग बनाएर मःमः बफाएर पकाएजस्तै पकाएर खाने ,खुवाउने देखि
प्रत्येक वर्ष माघे संक्रान्तिका दिन घिउ चाकु खाईन्छ ।
चाकुको परिकार खानाले शरीरमा ताप बढेर चिसो लाग्न बाट बचाउँछ भन्ने मान्यताअनुसार देशमा सर्वाधिक जाडो महिनामा पर्ने पुष माघ महिनामा पर्ने माघे संग्रान्ती र योमरी पुर्णिमाँकै बेला चाकुको परिकार खाने खुवाउने परम्परा रहेको हो । त्यसैले नेवारहरु बच्चा जन्मदानै सुत्केरीलाई घिउ चाकु मासुको परिकार संगै खुवाईन्छ । चकुबाट गँुडपाक ,पुष्टकारी ,सुत्केरीलाई खुवाउन बनाईने चाकु वासः ,तिलौरी ,लत्तेपादेखि अनेक परिकार बनाईन्छ ।
टेकिङ ,हाईकिङ यात्रामा चाकुको परिकार खादै हिड्दा हाईअल्टिच्युट लाग्दैन भन्ने मान्यता पाईन्छ । चाकु यतिसम्म ताप बृद्धि गर्ने हुन्छ कि लेसाईलो पनि हुन्छ । चाकुमा भएको लेसाईलोपनको कारण प्राचिन दरबार बनाउँदा चाकु ,मासको दाल ,सुर्की मिसाएर ईटा जोड्ने मसला बनाईन्थ्यो भन्नेपनि छ ।
समष्टिगत रुपमा भन्नुपर्दा चाकु नाउँ परिकार एक तर यसको प्रयोगले स्वास्थ्य र संस्कृतिको प्रवद्र्धनदेखि बलियो निर्माणसम्म हुने गुण अनेकको पहिचानपनि स्थापित गर्दै लानुपर्ने आजको आवश्यकता भएको छ ।
चाकु एक परिकार अनेक
मुलतः चाकुको उत्पादनको कच्चा पदार्थ उखु एक भएपनि चाकु बनाउने पहिलो सामग्री उखु पेलेर पकाएर बनाउने सख्खर नै हो । त्यहि सख्खर विभिन्न तरीकाले छानेर छुटटाएर राम्रो पहेलो असल सख्खरबाट चाकु बनाईन्छ । त्यहि चाकुबाट विभिन्न पाक मिलाएर गुँडपाक , पुष्टकारी , तीलौरी , सुत्केरी औषधी फाकु वासः आदि बनाईन्छ भने तराईमा सख्खरको प्रयोग गरी गोलफुकीबाट लाई , तीलको लडडु , मुराई लडडु आदी बनाईन्छ । त्यहि चाकु वा सख्खरको छोकर प्रयोग गरी तमाखु खान देखि पुजामा सर्वत बनाउन सम्म प्रयोग गरिन्छ ।
चाकु र चाकुका परिकारहरु चिसोबाट बच्न खाईन्छ भने खीर बनाउँदा वा सातुसंग खाएमा चिनीको केमिकलबाट पर्ने कुप्रभाव शरीरमा पर्दैन भन्ने मान्यता पनि रहेको पाईन्छ ।
माघे संग्रान्तीका परिकार बनाउने तरीका
१ ) चाकु बनाउने तरीका ः
मुलतः माघे संक्रन्तीमा चाकु बजारबाट किनेर ल्याउने परम्परा छ तर चाकु बनाउनपनि सजिलो नै हुने गर्दछ । सर्व प्रथम पहेलो कलरको सख्खरलाई एउटा प्यानमा घिउ राखेर तताउने र अलिकता पानी राखेर पकाउने गर्नु पर्दछ ।
बाक्लो नभएसम्म पकाएको पकाएकै गरेपछि छुटटै भुटेको देशि वा अन्य वदाम र नरीवलको धुलो मिसाएर बाक्लो नहुन्जेल पकाउने र करीब ४ घण्टापछि आफ्नो ईच्छा अनुसारको आकार दिने चाकु तयार हुन्छ ।
२) तिलको लड्डू र भुजाको लाई
सेतो वा कैलो तील प्यानमा ब्राउन कलर नआएसम्म भुत्ने । चाकु बनाएकै सख्खरको लेडोमा अलिकता दुध ,घिउ ,सुकुमेलको धुलो र वदामको धुलोपनि मिसाएर पकाउने गरिन्छ ।
जुन लेडोमा छुटटा छुटटै भुटेको तील वा भुजा मिसाएर तातातै हातमा पानी राख्दै डल्लो पार्ने हो भने तीलको लडडु वा लाई तयार हुन्छ ।
यहि परिकारसंग घिउ ,तरुल ,चिउरा , मासु र पालुंगोको साग सहितको भोज माघे संग्रन्तीमा खाने परम्परा छ ।