
धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यलाई थप उपचारको नेपालगंज लगिएको छ । पार्टीका तीन महिने अभियानको क्रममा अछाम पुगेका आचार्य एकाएक बिरामी भएपछि बलयपाटा अस्पताल लगिएको थियो ।
तर, त्यहाँ उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट नेपालगंज लगिएको हो ।
माओवादी केन्द्रका सचिव समेत रहेका आचार्य अभियानको आवधिक समिक्षा बैठकमा सहभागी हुन अछामको रामारोशन जाँदै थिए । पत्रकार केशव जोशीका अनुसार बैतडीका कार्यक्रममा सहभागी भएर गएराति अछामको साँझेबगर पुगेका थिए ।
साँफेबजरमा एक होटलमा सुतेका आचार्य विहान बोल्न नसकेपछि उपचारको लागि बयलपाटा अस्पताल लगिएको थियो ।
माओवादी केन्द्र अछामका इन्चार्ज ओमप्रकाश पुनका अनुसार विहान पौने ६ बजेतिर आचार्यको स्वास्थ्यमा समस्या देखा परेको थियो । समस्या देखिने बित्तिकै अस्पताल पुर्याएका कारण स्वास्थ अवस्था स्थिर रहेको छ ।
मौसम खराबका कारण काठमाडौँ लिन नसकेपछि कोहलपुर मेडिकल कलेजमा थप उपचार गरिने र मौसम सफा हुने बित्तिकै काठमाडौँ लगिने पुनले जानकारी दिए ।