आज :

युक्रेन युद्धः रुस विजयतिर, नेटो हर मोर्चामा पराजित

  • दिपेन्द्र रावल

काठमाडौँ । आफूलाई सुरक्षा चुनौती बन्दै गएपछि रुसले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेको थियो । उक्त सैन्य कारवाहीलाई .अमेरिकासहित पश्चिमा देशहरुले युद्धको घोषणा भन्दै युक्रेनको पक्षमा उभिए । रुसले पूर्ण क्षमताको युद्ध नभएको भन्दै सैन्य कारवाही मात्रै भएको बताउँदै आएको छ । उसले आफ्नो सैन्य क्षमताको केही अंश मात्रै युक्रेनमा खर्च गरेको रुसी अधिकारीले बताउँदै आएका छन् ।

विश्वयुद्धको नेतृत्व गरेको रुसी सेना युद्धको लागि निकै अनुभवी मानिन्छ । यसलाई सुरुका दिनमा पश्चिमा देशहरुले समान्य रुपमा लिएपनि अहिले पनि विस्तारै त्यसमा सहमत हुँदै गएका छन् । केही दिनअघि मात्रै नेटोका अध्यक्षले बैठकमा अहिलेकै अवस्थामा रुसलाई हराउन सम्भव नभएको बताएका थिए । उनले रुससँग वार्ताका विकल्प खोज्न समेत राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् ।

सुरुदेखि नै युक्रेनसहित पश्चिमा एकातिर र अर्कोतिर रुस एक्लै लडिरहेका छन् । अहिलेसम्म रुसले कनै देशसँग औपचारिक रुपमा सैन्य सहयोग मागेको छैन । अमेरिकाले सिरियाले ड्रोन दिएको दाबी गरेपनि त्यो पुष्टी हुन सकेको छैन । हालै अमेरिकाको गुप्चरले तयार गरेको रिपोर्टमा पनि रुसले कसैसँग हतियार वा सैन्य सहयोग प्रत्यक्ष रुपमा लिएको देखाएका छैन । सार्वजनिक भएको गोप्य सूचनामा प्रचार गरिएजति पनि क्षति नभएको उल्लेख छ ।

नेटो हर मोर्चामा पराजयः

१. छापामार युद्धमा पराजय

यो रुस र युक्रेनको मात्रै युद्ध होइन । एकातिर रुस अर्कोतिर नेटो भएर युक्रेनमा युद्ध भइरहेको छ । रुसले मोर्चाबद्ध युद्ध लडिरहेको छ भने अहिले युक्रेन छापामार युद्ध । छापामार युद्ध लड्ने सेना विजय भएको इतिहास भएपनि युक्रेनमा भने त्यो हुन सकेन । युक्रेनले जनसंग्रहमार्फत रुससँग गाभिएका लुहान्स्क, डोनेड्स्क, खेरसन, जापोरिजिया क्षेत्रमा छापामार तिरकाले केही हमला पनि गरेको थियो । त्यहाँ तैनाथ ती राज्यका सैनिकले त्यसको प्रतिवादले त्यसलाई निरन्ततार दिन सकेन । युक्रेनले अमेरिकाले दिएको हाईमार्स मिसाइल जेल, स्कुल र मानव बस्तीमा प्रहार गर्न थालेपछि जनस्तरबाटै युद्धको घोषणा भएपछि नेटो छापामार युद्धमा पनि असफलता हात पार्दै आइरहेको छ ।

२. रुसविरुद्ध प्रत्याक्रमण असफल बन्दै

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध पत्याक्रमणको घोषणा गरे । त्यसको केही समयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरेर ड्रोन हमला समेत युक्रेनले गरेको थियो । पुटिनको सरकारी निवासमा हमला गरिएका दुईवटा ड्रोन रुसको प्रतिरक्षा प्रणालीले असफल बनाइदिएको थियो । रुसले उक्त हमलालाई योजनावद्ध आतंकवादको संज्ञ दिँदै जवाफ दिने चेतावनी दिएको थियो । पुटिनको हत्या गर्ने उद्देश्यले गरिएको प्रहार पनि सफल हुन सकेन ।

त्यसैगरी सीमा क्षेत्रका रुसी क्षेत्रमा अमेरिकाले दिएका लामो दूरीका हतियार प्रहार समेत भए । त्यसपछि प्रत्याक्रमण सुरु भएको र त्यसबाट पछि नहट्ने जेलेन्स्कीले घोषणा गरेका थिए । रुसको सुरक्षा प्रतिरक्षा प्रणालीले नेटोको प्रत्याक्रमणको योजना विफल बनाइदियो ।

३. बाखमुत मोर्चामा पराजय

युद्धको सुरुदेखि नै नेटोले बाखमुतलाई विशेष महत्व दिएको थियो । पश्चिमा देशहरुबाट गएका भाडाका सेना र .नेटाले दिएको हतियार बाखमुत क्षेत्रमै तैना गरिएको थियो । सामरिक महत्वको बाखमुत पराजयले नेटोलाई ठूलो झट्का लागेको छ । रुसलाई लखेट्न भन्दै नेटोले ८ महिनासम्म बाखमुतमा हतियार पठाएको थियो । तर, त्यो सबै बालुवामा पानि सरह भएको छ ।

अमेरिकाले पनि बाखमुत क्षेत्र रुसले जिते किभलाई कब्जा गर्न सजिलो हुने भन्दै आफूसँग भएका साना ठूला हतियार पठाएको थियो । बाखमुतमा पश्चिमाहरुले पूरै शक्ति लगाएपनि अन्ततः पराजय भोग्न बाध्य भए । बखमुत कब्जासँगै अब डोनबास क्षेत्र सुरक्षित भएको छ । यही बेस बनाएर युक्रेनले डोनबासमाथि हमला गर्ने योजना बनाएको थियो । ७० हजार जनसंख्या रहेको बखमुत सहर युक्रेनको रणनीतिक सहर मानिन्छ । यसअघि युक्रेनको नुनखानी सोलेदार क्षेत्र पनि रुसले कब्जा गरेको थियो । अमेरिकी गुप्चरले तयार पारेको प्रतिवेदनमा बाखमुत क्षेत्रको लडाइँ पराजयसँगै युक्रेनमाथि रुसको विजय रोक्न नसकिने उल्लेख गरेको थियो ।

४. वाग्नर समूहलाई रुसविरुद्ध विद्रोह गराउन असफल

युक्रेनमा रुसको तर्फबाट लडिरहेको नीजि सैनिक समूह वाग्नर समूहलाई रुसविरुद्ध विद्रोह गराउन पनि नेटो असफल भएको छ । बाखमुत युद्धमा हत्वपूर्ण लडाइँ लडेको वाग्नर समूहमाथि रुसले नै हमला गरेको, धेरै सैनिक गुमाएको जस्ता प्रचार पश्चिमा संचारमाध्यमका व्यानरन्युज बन्दै आएका थिए । बाखमुत क्षेत्रमा युक्रेनले गरेको मिसाइल हमलालाई पश्चिमा मिडियाले रुसी सेनाले गरेको भनेर समाचार सम्प्रेशरण समेत गरेका थिए ।

नेटोले बाखमुतमा महत्वपूर्ण लडाइँ लडेपछि वाग्नर समूहलाई रुसविरुद्ध नै विद्रोह गराउने नेटोको योजना सतहमा आएको थियो । वाग्नर समूहले आफ्नो राष्ट्रियताको लागि भन्दै युक्रेनमा लडेपनि नियमित सेना जसरी योजनावद्ध रुपमा भने लडेको थिएन । रुसलाई उसले मागेजति हतियार पनि दिँदै आएको थियो । बाखमुत मोर्चामा महत्वपूर्ण भूमिका खेलेको वाग्नरलाई उचालेर रुसलाई गृहयुद्धमा फसाउने नेटोको योजना समेत असफल भएको छ । भारतीय रक्षाविद् अचल मल्हात्राको दाबी अनुसार नेटोले रुसविरुद्ध विद्रोह गरे वाग्नर समूहलाई दोब्बर तलब दिने आवश्वासन दिएको थियो ।

विद्रोहको घोषणा गरेपछि रुसले वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनमाथि देशद्रोहका मुद्धा लगाउँदै कडा रुपमा प्रस्तुत हुने चेतावनी दियो । विद्रोहको घोषणा गरेका प्रिगोजिनपछि हट्यो । उनी हाल बेलारुस पुगेका छन् ।

५. युरोपमा विरोध

नेटोले आफू सम्बन्ध देश र सहयोगी देशहरुलाई युक्रेन युद्धमा एकमत बनाउन समेत असफल बन्दै गएको छ । रुसमाथि प्रतिवद्ध लगाउन दवाव दिन बढाउन सुरु गरेदेखि नै युरोपमा नागरिकहरु सडकमा आएका थिए । अहिले पनि फ्रान्सका धेरै ठाउँमा कफ्र्य जारी छ । विश्वविद्यालयकी प्रोफेसर नै नांगै सडकमा विरोधमा उत्रिएकी छन् । एक रिपोर्ट अनुसार रुसमाथि प्रतिबन्धले यूरोपमा भोकमरी र गरिबी ह्वात्तै बढाएको छ ।

अहिले बेलायतसहित युरोपका धेरै देशहरुमा भोकमरी र महंगीको मार नागरिक छन् । जर्मनीमा पनि युक्रेनको विषयमा सरकारभित्रै दुई धार रहेका छन् । युक्रेन विवाद जति लामो जान्छ त्यति नै युरोपमा राजनीतिक र आर्थिक संकट बढ्दै जाने विश्लेषण गरिएको छ । नेटो युक्रेनबारे एकमत बनाउन असफल बन्दै गएको छ । अहिले नेटो देशहरुबाट युक्रेन लड्न जान पनि कम भएको छ । युवाहरुलाई राम्रो तलब दिने भन्दै युक्रेन पुगेको युवाहरु नै फर्किन थालेका छन् ।

युराेपका बेराेजगार युवाहरुलाई युक्रेनमा रुसविरुद्ध लडाउने र सिंगो युराेपलाई रुसको विपक्षमा उतार्ने योजनामा नेटो असफल बन्दै गएको छ । क्लस्टर बम दिने अमेरिकाको निर्णयविरुद्ध जर्मनीसहित युरोपका धेरै देशहरु उभिएका छन् ।

मुक्त गरेको भूभागको रक्षा गर्दै रुस अगाडि बढिरहेको छ । रुसले युक्रेनमा नयाँ संस्करणका हतियार पठाएको छ । नेटोले दिएका एन्टी ट्यांक, एन्टी आर्मडलगायतका हतियारहरु रुसको निसानामा परेका छन् । जर्मन, फ्रान्सले दिएका ट्यांक युद्धमा अमेरिकाले दिएका भन्दा प्रभावकारी देखिएपछि रुसले त्यसलाई काउन्टर गर्न सु–५७ स्टेन्थ फाइटर जेट, एस– ७० हन्टर हेवी ड्रोन हमला गर्न सक्ने हतियार युक्रेन पठाउने तयारी गरेको छ ।

रुसले तयार गरेको ड्रोनको वन दश हजारदेखि २० हजा केजीसम्म छ । पखेटा २० मिटरका छन् भने २५ हजार किलो बोकेर खसाल्न सक्छ । यो एक हजार किलोमिट प्रतिघण्टा उड्न सक्ने क्षमता राख्छन् । त्यस्तै, २ हजारको किलोका दुई हतियार बोकेर उड्न सक्छ र तोकिएको स्थानमा खसाल्न सक्छ । अहिलेसम्म अमेरिका र नेटाका अन्य देशहरुले यस्ता हतियार उत्पादन गर्न सकेका छैनन् । रुसले यी हतियार युक्रेनमा प्रयोग गरेमा नेटो पराजित हुनुको विकल्प छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal