आज :

सेतो मच्छिन्द्रनाथको महिमा पर्व

  • पदम श्रेष्ठ

चैत्र महिना वर्षको सर्वाधिक लामो पत्यार लाग्दो दिन मानिन्छ । हावा हुरीले सताउने , रोगव्याधिको विगविगी हुने यो महिनालाई कसरी रसमय तुल्याउने भन्ने बारे हाम्रा विद्धान पुर्खाहरुले समय सापेक्ष खानपान भोज भत्तेर र जात्रा पर्व चलाएर जानुभएको पाईन्छ । भरखरै पिचास आत्माहरुलाई मन्छाउँदै रोगव्याधिबाट बचौं भन्ने सन्देशका साथ लसुनको परिकार सहित भोज खाएर पाँहाचह«े र दुष्टआत्माहरुलाई दवाउने भन्दै टुँडिखेलमा घोडेजात्रा कुडाएर मनाईएको घोडेजात्रा लगतै हामी दुर्गा भवानीको आराधना गर्दै मनाईने चैते दशैंकै दिनदेखि उपत्यकाबासीमा आनन्दादी लोकेश्वरको रथारोहण सहित सेतो मच्छिन्द्रनाथको जात्रा शुरुभएको छ ।
चैत्र महिनामा मनाईने अनेक पर्वहरूमा सेतो मच्छिन्द्रनाथको रथारोहरण पर्वलाई विशेष ढङगले उपत्यकाबासीमा मनाउने गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको महिमा के छ भने ,
संसारमा दुःखी, गरिब, असहाय भई निर्वाण प्राप्त गर्न बाँकी प्राणी जवसम्म रहिरहन्छन् तबसम्म आफूले बुद्धत्व ग्रहण नगर्ने प्रतिज्ञा गरेका ईश्वर हुन्, आर्यावलोकितेश्वर् सेतो मच्छिन्द्रनाथ ।
बौद्ध महायानी आस्थानुसार ने.सं.२५६मा हस्तलिखित लिच्छवीकालिन नरेन्द्रदेवको राज्यकालमा स्थापित सेतो मच्छिन्द्रनाथका मन्दिर संसारमा १०८ लोकेश्वर अर्थात् लोकको कल्याण गर्ने ईश्वर मध्ये एक हुन् । तीमध्ये नेपाल खाल्टा( काठमाडौं उपत्यका) मा मात्र मुख्यतया चार लोकेश्वरको विशेष पूजा तथा जात्रा हुने गर्दछ ।
१) रोग र सम्बन्धिविच्छेद समाधान गरिदिने
चोभार कीर्तिपुरको आनन्दादी लोकेश्वर,
२) वर्षा र सहकाल ल्याइदिने पाटन बुङ्गमतीको
बुङ्गद्यो भृङ्गपाद अवलोकितेश्वर, रातो मच्छिन्द्रनाथ
३) सृष्टि र स्थितिलाई समानान्तररूपमा लाने
नालाको सृष्टिकान्ता लोकेश्वर र
४) मृत्युलाई पनि टाढा पु¥याउने केलटोल (कोलीय टोल)
काठमाडौंमा आर्यावलोकितेश्वर जनबहाः अर्थात सेतो मच्छिन्द्रनाथ रहेका छन् ।।।
चार लोकेश्वरमध्ये सेतो मच्छिन्द्रनाथ जनवाद्योको रथारोहर्ण चैत्रशुक्ल अष्टमी (चेतेदशैं)देखि शुरू भई पूर्णिमा बालाजु बाइसधारा नुहाउने मेला ल्हुती पून्हीको दिनसम्म चल्दछ ।
जमल तीनधारा पाठशालाबाट नौतले शिखरशैलीको सेतो मच्छिन्द्रनाथको रथ भोटाहिटी, असनस्थित अन्नपुर्ण मन्दिरमा विराजमान गराउदा रातभर भव्य भजनकिर्तत सहित पुजा हुन्छ सो दिन राष्ट्रपतिको समेत उपस्थित हुने परम्पार छ । सेतो मच्छिन्द्रनाथ गुरु गोरखनाथकोपनि गुरुभएकोले सोहि रात गोरखपन्थिबाट चक्रपुजा गर्ने पनि गरिन्छ । त्याहाँबाट भोलिपल्ट हनुमानढोका, चिंकमुगलहुँदै लगन टोलको माँ सीमा ( आमाको रुख) पु¥याएपछि विधिवत् सम्पन्न हुन्छ ।
सेतो मच्छिन्द्रनाथको आख्यान छुटटै
उत्तरी कोलीयग्राम केलटोल जमल र दक्षिणी कोलीयग्राम लगन ह्युमतबीचको सम्बन्ध नवीकरण गर्ने पर्वका रूपमा पनि लिइने रथारोहण तीनधाराबाट थाल्नुको बारे कथनअनुसार, लुम्बिनी, कपिलवस्तुमा विरुद्धकद्वारा भएको शाक्यवंशको आमहत्या सँगसँगै भागेर उपत्यका भित्रिएका कोलीय ( भगवान् गौतमबुद्धका मावली खलक ) ले यो जात्रा थालेका हुन । तिनै उत्तरी कोलीग्राम जमल केलटोलका बासिन्दाले खेत खन्दा मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । जुन मूर्तिलाई राजा गुणकामदेवले सपनामा देखेअनुसार केलटोल कनक चैत्यको पश्चिममा स्थापना गराएको वंशावलीमा उल्लेख छ । केलटोलमा कलात्मक प्यागोडा शैलीको आर्यावलोकितेश्वर मन्दिर प्रतिष्ठापित छ भने ने.सं.७०८ देखि राजा शिवसिंह मल्लले मूर्ति भेटिएकोस्थान जमल तीनधारा पाठशालाबाट चैतेदशैंको दिन राथारोहण थाले । खर्गटोल निवासी दखबाजु प्रधानले गुठी स्थापना गराएको भन्ने गरिन्छ । जुन रथारोहणले संसारमा त्याग भावनालाई प्रवद्र्धन गर्न उदाहरणिय कार्य गर्दछ । संसारमा मान्छे लगायत सम्पुर्ण प्राणी मात्र होईन कि भगवानले समेत आफनो लागि सोच्दछ र आफनो लागि गर्दछ तर सेतो मच्छिन्द्रनाथ मात्र यस्ता लोकेश्वर हुन जसले आफानो लागि भन्दा अर्काको उद्धारको कामना गरे र जवसम्म संसारको प्राणी मात्रले दुःखबाट मुक्त हुदैन तवसम्म आफुले सकेरपनि बुद्धत्व ग्रहण नगर्ने प्रतिवद्धता जाहेर गरी अधिस्थान लिएका थिए ।
यी र यस्तै अधिस्थानलाई व्यापकता दिनचैत्र शुक्ल अष्टमी नवमी र दशमीका दिन गरिने सेतो मच्छिन्द्रनाथको रथारोहण निम्नलिखित प्रकृयानुसार गराईने परम्परा पाईन्छ ।
दशमीका दिन ः
रथलाई गुरुजु पल्टन बाजागाजासाथ नवमीका दिन असन अन्नपूर्णस्थलमा बास बसाइन्छ । सोही स्थानमा कनफट्टा जोगी नाथ सम्प्रदायद्वारा जुगीचक्र पूजामा राँगाको बलि दिइन्थ्यो तर ज्यापू समुदायले बौद्ध देवतालाई बलि नदिने भने पछि २०५६ सालदेखि नरिवल फुटाल्ने र भव्य पुजा पश्चात सोहि दिन हनुमानढोका कालभैरवमा बास बसाईन्छ । काल भैरव अगाडी दिनरात पुजा गरिएपछि ……………..
एकादशीका दिन ः
भोलिपल्ट लगनस्थित मच्छिन्द्रनाथकी आमा रुखलाई तीनपल्ट परिक्रमापछि जात्रा सकिन्छ ।
आदिनाथ चोभार न्हवँ महास्नानः
काठमाडौंको जमलबाट चैते दशैंका दिन जनवाद्यो सेतो मच्छिन्द्रनाथको
रथारोहण भइरहँदा कीर्तिपुर चोभारको आदिनाथ (आनन्दादी लोकेश्वर)
को न्हवँ महास्नान हुने गर्दछ । महास्नान आदिनाथ प्रतिष्ठापन दिवस हो ।
क.सं. ३४०३ मा राजा अंशुबर्माद्धारा चोभार आदीनाथ स्थापितको कथन छ । आख्यानुसार ललितपुर थैबको बैजु टोलमा असिनापरी दुःख दिन थालेछ । रिसको झोकमा ज्यापूले देवताको मूर्तिलाई नदीमा बगाइदिएछन् । तर देवता रहेको नेखु नदीमा कुष्टरोगीले नुहाउदा रोग निको भएछ । तथ्य बुझ्दा थाहा पाई च्वयबहाः (माथिल्लो विहार)मा देवतालाई विधिवत् प्रतिष्ठापन गरे तर देवतालाई राँगा बलिका साथ पूजा गर्दा देवता कोफ भई रोगादिले विकराल रूप लिएछ । बिरामीलाई सपनामा आफुलाई हिंसा नगर्न बताएपछि लुभुका नेम्कुललाई पुजारी र नन्दग्वाला ( गोपाली) संग सल्लाहगरी दशकर्म सहित न्हवँ (महास्नान) गराए । भाषा वंशावलीमा राजा गुणकामदेवद्वारा क.सं.३८२५ ताका महास्नान चलाएको उल्लेख छ तर आदिनाथको मूर्ति तिब्बतियनहरूले चोरेर लगेपछि यहाँ दशकर्म (नेवार समाजमा गरिने जन्म न्वारान, पास्नी, व्रतबन्ध, इही, बाह्रा, जङ्कु मृत्यु कर्म ) गरिन्छ । चौलाथ्व पारु असनमा अजिमाँ खट जुधाउने दिन आदिनाथको महास्नान न्हवँ हुन्छ । आदिनाथलाई पूजा गर्दा तेस्रो लिङ्गीका रूपमा(पुरुष–महिला)संस्कार गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal