पदम श्रेष्ठ-
छँ दुःख सिउगु खना, जिगु नुगः हिइल मिसा ः
पासा ः छम्ह हय् ला छन्त जिउला मजिउला मिसा ः जिउला मजिउला ?
भुटुली च्वसाँ छ हे छम्ह, वस ः हिउसाँ छहे छम्ह
न्ह्याथाय् वँसा छ हे छम्ह न्हयागु यासाँ छ हे छम्ह
तसकँ हे थाकुल छन्त न्ह्यागु यासाँ छ हे छम्ह
आफनी जीवन सङ्गिनीसँग यसरी अर्की सौता ल्याउँकी तिम्रो सहायताको लागि भन्दै ख्याली रचना गायनमा खप्पिस जगमोहन वामीको मङगलबार बिहान असाहमिक निधन भएको छ । चराचुरी सरी जीवन व्यतीत गरिरहनु भएकी जीवनसाथी धर्मपत्नी मायाँ कायस्थ देहान्तको वर्ष दिन कै हाराहरीमा उहाँको निधन भएको हो । ४ छोरी र दुई छोराका पिता ख्याली गायक वामी भन्नुहुन्थ्यो मृत्यु स्वाभाविक सत्य हो । त्यसैले अबका दिनहरु गीतभजन र सङगीतमा बिताउने छु भन्नुहुने वरिष्ठ गायक संगीतकार तथा रचनाकार वामिको मङगलबार दिउँसो ३ वजे चापागाउँ ललितपुरबाट भजनकिर्तनका साथ सोभायात्रा गरी पशुपति आर्यघाटमा कृयाकर्म गरि ईलेक्ट्रिक सवदाहगृहमा दाहसंस्कार गरिएको थियो । मेरा देखिने सङ्गीत साधनाका गुरु अब्दुल खाँ, कृष्णमान डंगोल र मुरलीभक्त प्रधानाङ्ग भएपनि पाइला पाइलाकी सङ्गीतमा लाग्न उत्प्रेरित गर्ने मेरी धर्मपत्नी मैयाँ नै थिइन भन्नुहुने वामी झर्रो शब्द चयनका माध्यमबाट लोप भैसकेका नेपालभाषा, नेपाली र तामाङ भाषाबाट मार्मिक गीत लेखन र सङ्गीत भरी योगदान पुर्याउदै आईरहनुभएका वामीद्धारा सिर्जित तामाङ भाषाका गीत पनि रौसे तालकै पाइन्छ।
छामे तिखालो ङा तिखालो, जत्रा तिखालो ङा तिखालो
सिङलामा हल्लो मेला पामह«ी, ङालातो थोक्जी यलाङामह«ी
यसको तात्पर्य हुन्छ, तरुनी तिमी कहाँ म कहाँ, जात्रा कहाँ म कहाँ, काठको हलो गोरुको काँधमा मलाई थेस लाग्यो तिम्रै शरीरमा भनिएको हो ।वामीया दबु अडियो क्यासेट, घटनाया चक्र नाटक, गुथिपा ख्याल, दुःखिया लँपुई नाटक लेखन निर्देशन र अभिनय समेत गरि सक्नुभएका वामीका हरेक सिर्जनामा धर्मपत्नी मैंयाँको ऐक्यवद्धता नरहेको भए एक्लैले केही गर्न नसक्ने अनुभूति पोख्नुहुन्छ । मञ्च तथा अभिनयको गीत सङ्गीतमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, तारादेवी, रमेश ताम्रकार, योगेश वैद्य, संगीता शाक्य, रत्नमानजस्ता व्यक्तित्वहरुले स्वर दिनुभएको छ ।
समाजसेवी जगमोहन वामी
४० कटेका नेपालभाषी स्रोताहरुले जगमोहन वामीलाई नसुनेका कमै होलान । उहाँ ख्याली गायक र सङ्गीतकार तर प्रत्येक वर्ष माघ महिनामा ससाना नानीदेखि आफ्नै उमेरका वृद्धवृद्धासम्म भेलागरी स्वस्थानी माधवनारायणको व्रत मेलाको बाजागाजासहित भ्रमण गराउनेसम्म गराउनुहुन्थ्यो । वज्रवाराही मन्दिर र भैरव भजन मण्डलमा सहभागिता रहने गायक वामीले स्थानीय क्षेत्रमा समाजसेवीको पहिचान बनाएको पाइन्छ । दुःख गरेर आफ्नो जीवनलाई अगाडि बढाउँदै आउनुभएका सङ्गीतकार वामी जीवनकाल पर्यन्त रोग भोक र बेरोजगारीताले पीडितहरुलाई आपूmले भ्याएसम्म र भनसुन गरेरै भए पनि साथ सहयोग र भरोसा दिँदै आइरहनु भएका थिए । यस प्रकारको भावना आमा मोहमाया डंगोलबाट पाएको बताउनु हुने स्व. वामीले आमाकै सम्झनामा एउटा गीत पनि रच्नु भएको थियो । जुन गीतमा उहाँका छोरा डा. भाष्करमेयर कायस्थले स्वर र कृष्णमानले सङ्गीत दिनुभएको छ
।
यो माँ छङगु गुणया पलेसा, जिं छु पुलेगु ?
(ला हिः जक मखु यो माँ छु छु वियाः गाईगु)२
गुलि जप यानाः गुलि ईश्वर पुजा याना
गुला झिला प्वथय्तयाः छंगु दुःखया पलेसा……..
यस्ता मातृभक्तिका गीत समेत रचनागरी संस्कारित समाजको परिकल्पना गर्नुहुने व्यक्तित्व वामीलाई पाइलामा पाइला मिलाएर ऐक्यवद्ध भइ भजन मण्डली र वृद्धवृद्धा, स्थानीय युवायुवतीहरुको समेत साथ छ । वामीले गर्नुभएको समाजसेवा बारे एक घटनाबाट उहाँको प्रतिवद्धता आङ्कलन गर्न सकिन्छ, एक समय वज्रयोगिनी क्षेत्रकै एक दलित महिलालाई एक्कासि मुटु रोगले थला पारेछन्, उपचार खर्च नभएर श्रीमान्ले पनि छोडेर अलपत्र पारिदिए छन् । तर यो कुरा थाहा पाइ साहित्यकार वामीको मन कुँदिएछ । उहाँ लाग्नुभयो, दुईचार जना भजन मण्डलीका साथीहरु साथ लिएर सडकसडकमा चन्दा उठाउन । उहाँको जनसम्पर्कको कारण ती महिलालाई उपचार खर्च जुटाउने कार्य मात्र होइन कि उनको अर्को विवाह समेत गराइ दिनुभयो । यस घटनाबाट उहाँले सोच्नुभयो, समयमा नै ती महिलाले स्वास्थ्य परिक्षण गर्न पाएको भए, मुटुको अप्रेशन नै गर्नुपर्ने स्थिति आउँदैन थियो उहाँको विचारमा फुर्यो । उहाँ लाग्नु भयो , वज्रवाराही क्षेत्रबाट पढेर डाक्टर नर्स हुनु भएकाहरुको एक निःशुल्क स्वास्थ्य शिविर राख्न । आफ्नै छोरो छाला रोग विशेषज्ञ डा.भाष्करमेहर कायस्थसहित ३० जनाभन्दा बढी डाक्टर नर्सहरुले थालेको निःशुल्क शिविरबाट एक हजार जनाभन्दा बढीले औषधि सहित उपचार सेवा पाएपछि स्थानीय गद्गद् भए भने शिविर संस्कार जस्तै बन्दै गयो । उहाँले जीवनकालमानै भन्नु भएको हो , २०३० सालमा बज्रवाराही स्कूल चापागाउँका सल्लाहकार साथी हरिहरमान कर्माचार्यको सिफारिसमा स्कूलको सदस्य भएँ । त्यतिबेलादेखि हाल उपाध्यक्ष हुँदासम्म आफ्नो औकातले सकेजति कर्म गर्दै आईनै रहेको छु । पुराना झर्रो शब्दका गायक वामी भन्नुहुन्थ्यो ,२०६४ सालमा वज्रवाराही मा.वि.मा महायज्ञ समेत गराएर आर्थिक सङ्कलन गर्यौं । यसरी डाक्टर नर्स र इन्जिनियर उत्पादन गर्ने क्याम्पस सञ्चालन गर्न सफल भयौं । स्कूल पढ्न काठमाडौं वा ललितपुर पुग्नुपर्ने बाध्यता थियो । चापागाउँ क्षेत्रमा स्थापित साइन्स कलेजले डाक्टर नर्स र इन्जिनियर उत्पादन गर्न लागे । यसैबीच पनि तत्कालीन हेडसर सन्तलाल शाहको ठूलो हात रहेको स्मरण गर्नुहुन्छ ।
जे होस् दुर्गम चापागाउँ वज्रवाराहीको नाम वामि आफ्नै थरसँग जोडेर मातृभूमिको सम्मान गर्नु भयो उहाँले । साथै हराइसकेका झर्रो शब्दहरु समेटेर गीत–सङ्गीत रचना गरी मातृभाषा प्रतिको आदर र आफूलाई जन्मदिने आमाप्रति कसरी नतमस्तक हुनुपर्दछ भन्ने भाव जगमोहनमेहर कायस्थ उर्फ वामीबाट हामीले पाउन सक्दछौं । उहाँले हराईरकेका शव्द्धहरुलाई गीत संगित मार्फत जोडेर मातृभाषालाई जागृत गरिरहनुभएको एक साहित्यीक रचना यो पनि हो ।
झिन्यानु मानि व्याहा यायगु झिलिमिली स्वाँमा कोखाय्गु
मुसुसु न्हिला, न्हैपुसे च्वङका तुतिपा स्वाँना खँल्हायगु
मुसुमुसु न्हिला, न्हैपुसे च्वङका ता ला धका सतेगु …
अर्थात् झिलिमिली माला पहिरने, पन्ध्र दिन बाँकी छ विवाह गर्ने, मुसुमुसु हाँसि रमाइलो गरी खुट्टा, खुट्टा जोडेर बस्ने भनि नेपालभाषाका प्रख्यात ख्याली तालका कालजयी गीतकार, सङ्गीतकार जगमोहन वामी हुन । वास्तविक नाम जगमोहनमेहर कायस्थ, आफू साहित्य सिर्जना, गीत सङ्गीत र गायनमा लाग्दा आफ्नो गाउँलाई रेडियो नेपालबाट देशभर चिनाउन सकियोस् भनेर नामको पछाडि वामी थपि थरलाई भूमिगत गराइ दिनुभएको बताउनुहुन्थ्यो जगमोहन वामी ।