काठमाडौँ । जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने काठमाडौँ उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा बुधबार राति देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन भएको छ ।
३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा परापुर्व कालमा मछिन्द्रनाथलाइ नेपाल भित्रयाई सकेपछि ह्याग्रिव भैरवले नै बुंगमतीमा विराजमान गराउन ठुलो भूमिका खेलेको जनबिस्वास रहिआएको छ । मछेन्द्र बहालको दाक्षिण कुन्नामा दुइ तल्ले भैरव मन्दिर नेपाल सम्बत ७७० मा निर्माण भएको मानिन्छ । भैरव मन्दिरको बिपरित गल्ली भित्र ह्याग्रिव भैरवको अर्धांगिनी मनकामना मन्दिर रहेको छ ।
किम्बदन्ती अनुसार बंगमतिका ह्याग्रिव भैरव गोरखाको मनकामना पुग्दा दुबैमा प्रेम सम्बन्ध बस्न पुगेछ र कुरामिलायेर बिहे गरेछन् । त्यस पछि त्येही बसेको मनकामना एकदिन कुनै कारणले श्रीमानसँग रिसाएर घर छाडेर हिँडिछन्। हिँड्दा-हिँड्दै अहिले गोरखामा मनकामना मन्दिर भएको ठाउँ पुगी बास बसिछन्। मनकामनालाइ खोज्न निस्केका बुंगमतीका ह्याङ्ग्रिभ भैरवले देखेर सम्झाइबुझाइ आफूसँगै लिएर आएछन्।
मनकामना बास बसेको ठाउँ भएकाले शरीर मुनिको भाग त्यहाँ प्रतिस्थापन गरेर मनकामना मन्दिर स्थापना गरिएको र बुंगमतीमै फर्काइएको कारण शरीर माथिको भाग येही प्रतिस्थापन गरेको विश्वास गरिन्छ।
ह्याङ्ग्रिभ भैरवले फकाएर ल्याएको भए पनि मनकामना वर्षको तीन दिन मात्र बुंगमतीमा बस्छिन्। बाँकी समय गोरखाकै मन्दिर जान्छिन् भन्ने मन्यता रहेको छ । बुंगमतीको जात्रा अवधि भर गोरखाको मनाकनामा तिन दिन बन्द हुने गर्दछ । वडादसैंको नवमीदेखि एकादशी तिन दिन सम्म बुंगमतीमा हुने उत्सव यिनै मनकामना देवी र भैरव को जात्रा हो ।
विभिन्न टोल टोलमा मनकामना र भैरव विराजमान दुइ वटा खत र अगाडी अगाडी ‘‘ब्व सल ” वायुपंखी घोडामा सिह सार्थ बाहु सवार गरि परिक्रमा गराई पुजाथाप्ने गरिन्छ ।
चोक भित्र रहेको चारतल्ले मनकामना मन्दिर , स्थम्भ र बुद्ध चैत्य ने स ८२९ मा स्थापित गरेको मानिन्छ । स्थानीय बुंगमति वासीले मनकामनालाइ हजुरआमा ‘अजिमा’ र ह्याग्रिव भैरवलाइ हजुरबुबा ‘आजु ’ भन्ने प्रचलन छ ।