आज :

हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने

  • अनलाइन डबली

काठमाडौं । नेपाल भारतमैत्री संगठनले हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारत साँस्कृतिक सम्बन्धमा नयाँ आयाम थपिने बताएको छ ।
संगठनले यात्राको १५ औं संस्करण सम्पन्न भएको जानकारी दिंदै विगत भन्दा यो बर्ष यात्रामा उल्लेख्य सहभागिता रहेको बताइएको छ ।
बैशाख १ गतेबाट भारतको बिहार राज्यको सोनपुरबाट रथसहित प्रारम्भ भएको यात्रा बैशाख ६ गते मुक्तिनाथ पुगेको थियो ।
यात्रालाई भारत सरकारका केन्द्रिय मन्त्री सतीश कुमार दुबेले बिहार सोनपुरस्थित हरिहर क्षेत्रबाट मुक्तिनाथका लागि यात्रीहरुको विदाइ गरेका थिए ।
उक्त अवसरमा भारतका सांसद, विधायक संतमहंत उद्योगी व्यवसायीहरु, नेपाल भारतमैत्री संगठनका तर्फबाट अन्तराष््िटय उपाध्यक्ष अर्चना सिंह, बिहार प्रदेश अध्यक्ष पंकज रायको उपस्थिति थियो ।
नेपाल तर्फको व्यवस्थापकीय नेतृत्व संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंह र उपाध्यक्ष राजाराम श्रेष्ठले गरेका थिए ।
संगठनले विज्ञप्ति मार्फत यात्राका क्रममा साथ, सहयोग, चन्दा, भोजन, आवास र सहभागिता जनाउनहुने सम्पूर्णप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ । संगठनका महासचिव सम थापाद्धारा जारी विज्ञप्तिमा यात्राले नेपाल भारतको साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउनुका साथै नेपालको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको उल्लेख छ ।
यात्रा गजेन्द्र मोक्ष त्रिवेणी नवलपरासी, देवघाट चितवन, व्यासगुफा तनहू, विन्ध्यावासीनी मन्दिर, पोखरा, गलेश्वर म्याग्दी, लेते मुस्ताङ हुँदै मुक्तिनाथ पुगेको थियो ।
यात्रामा नेपाल र भारतका गरी करिब पाँच सय तीर्थयात्रीहरुको सहभागिता थियो । पछिल्ला १५ बर्ष यता यात्राका कारण लुम्बिनीदेखि मुक्तिनाथसम्मको पर्यटन क्षेत्रमा उल्लेख्य विकास हँुदै आएको संगठनले विश्वास गरेको छ । यात्रामा भारतीयहरु उल्लेख्य संख्यामा सहभागि हुँदा नेपालका धार्मिक पर्यटनस्थलहरुको भारतमा प्रचार बढेको छ ।
करिब एक हजार बर्ष अघि दशौं शताब्दीका महान हिन्दू दार्शनिक, वशिष्ट द्वैतका प्रथम आचार्य, आदि जगद्गुरु रामानुजाचार्यले हरिहरनाथ मुक्तिनाथ यात्राको जग बसालेका थिए ।
तत्कालिन समयमा ऋषिमुनीहरु बिहारस्थित गंगा नदीको किनारमा रहेको हरिहर क्षेत्र हुँदै नेपालको नारायणी, कालीगण्डकी नदीको किनारै किनार मुक्तिनाथ दर्शन गर्न जाने गरेको ऐतिहासिक तथ्यहरु छन ।
भारतमा मुगल शासनको स्थापनापछि अवरुद्ध रहेको यो यात्रा बि«टिस शासनकालमा छिटफुट रुपमा सुरु भएको देखिएपनि लामो समयदेखि स्थगित रहेको जानकारहरु बताउँछन ।
राष्ट्रिय स्वयं सेवक संघ आरएसएसका वरिष्ठ प्रचारक सुवेदारजीको नेतृत्वमा विगत १५ बर्षदेखि यात्रा सुचारु छ । धर्मजागरण समन्वय, बिहार साँस्कृतिक परिषद र नेपाल भारत मैत्री संगठनको सयुक्त आयोजनामा यो यात्रा निरन्तर रुपमा प्रत्येक बर्ष हुने गरेको संगठनका महासचिव थापाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal