आज :

पुटिनले दिए रिजर्भ सेना परिचालनको आदेश, युक्रेनीहरु हाम्रा दाजुभाई हुन्, लडाइँ पश्चिमा देशहरुसँग हो

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रिजर्ब सेना परिचान गर्न आदेश दिएका छन् । पुटिनले बुधबार देशमा रहेका ३ लाख रिजर्भ सेनाहरु परिचालन गर्न आदेश दिएका हुन् । युक्रेनमा रुसी सेनालाई पछि धकेलेको भनेर पश्चिमा मिडियाले प्रचार गरिरहेको बेला पुटिनले रिजर्ब सेना परिचान गर्न आदेश दिएका छन् । यसको अर्थ रुसले युक्रेनमा तज निर्णय सैन्य कारवाहीको तयारीको रुपमा हेरिएको छ ।

राष्ट्रपति पुटिनले देशका क्षेत्रीय अखण्डता खतरामा परेको बेला जनताको रक्षाको लागि सबै साधनको प्रयोग गर्ने बताएका छन् । पुटिनले भने, “यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं ।” यसैबीच पुटिनका विश्वास पात्र सर्गी मार्कोभले युक्रेनीहरु रुसी नागरिकका दाजुभाई भएको बताएका छन् । उनले लडाइँ पश्चिमा देशहरुसँग भइरहेको दाबी समेत गरे ।

मार्कोभले पुटिनकै भाषा बोल्ने र पुटिनले आफूले कतिपय विषयमा नबोलेर मार्कोभलगायतका विश्वास पात्रबाट बोल्न लगाउने गरेको बताए । मार्कोभले बीबीसीसँग भने, “युक्रेनीहरु हाम्रा दाजु–भाइहरु हुन् । युक्रेन पश्चिमा राष्ट्रको कब्जामा छ र पश्चिमा राष्ट्रले हामीसँग युद्ध गरिरहेको छ । उनीहरुले युक्रेनी सेनालाई दासको रुपमा प्रयोग गरेका छन् ।” उनले रुसले युक्रेनसँग युद्ध नगरेको समेत बताउँदै पश्चिमा राष्ट्रहरुबाट परमाणु हमलाको खतरा बढेको समेत दाबी गरे ।

मार्कोभले आफ्नो देशले युक्रेनीविरुद्ध आणविक हतियार प्रयोग नगर्ने समेत बताउँदै भने, “यो बिल्कुल स्पष्ट थियो कि रूसको युक्रेनविरुद्ध कुनै युद्ध छैन, हामीले युक्रेनीहरू विरुद्ध आणविक हतियारहरू प्रयोग गर्ने कुनै कारण पनि छैन ।” उनले अमेरिका, बेलायतले भनेजस्तो रुसबाट परमाणु हमलाको खतरा नभएको र बरु विभिन्न बहानामा पश्चिमा राष्ट्रले त्यस्ता हतियार रुसविरुद्ध प्रयोग गर्न खोजिरहेको दाबी समेत गरे । मार्कोभले अमेरिका र बेलायत युक्रेन द्वन्द्वका प्रमुख कारक तत्वहरु भएको ठोकुवा समेत गरे ।

केही दिन पहिले राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले आफूविरुद्ध युक्रेनमा हतियार दिइराखे पूर्ण क्षमताको सैन्य कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए । उनले आफ्नो सानो व्यवसायीक सेनाले मात्रै युक्रेनमा सैन्य कारवाहीमा सहभागी भएको बताएका थिए । पुटिनले युक्रेन मिसनबारे आफ्नो धारणा परिवर्तन नभएको समेत बताएका थिए । पुटिनको यो भनाईसँगै रुसले युक्रेनमा थप सेनासँगै हतियार पनि पठाएको छ । सेन्ट पीटरबर्गस्थित बेस क्याम्पमा राखिएका लामो दूरीका मिसाइल पनि युक्रेन पठाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका थिए तर यसबारे अहिलेसम्म रुसले कुनै प्रतिक्रिया दिएको छैन ।

हालै मात्रै रुसी रक्षा मन्त्रालयले भिडियो जारी गर्दै युक्रेनमा रुसले कारवाही जारी राखेको सन्देश दिएको थियो । भिडियोमा रुसका सुखोई फाइटर विमान र हेलिकोप्टरमार्फत युक्रेनी सैन्य क्षेत्रमा हमला गरिएको थियो । रुसले उक्त कारवाहीमा युक्रेनी फौजका कमाण्डरसहित १०० जनाको मृत्यु भएको र दर्जानौं घाइते भएको दाबी गरेको थियो । त्यस्तै, अमेरिका तथा नेटो देशले दिएका हतियार पनि नष्ट गरिएको रुसले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal