आज :

फेरी गयो ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प, १ सय ४६ जना घाइते, कहाँ हो केन्द्रविन्दु ?

  • अनलाइन डबली

काठमाडौँ । ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको रोयटर्सले जनाएको छ।

शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ।

ताइवानको पर्यटकीय क्षेत्र लियुसी पर्वतीय क्षेत्रमा सडक अवरुद्ध हुँदा ६ सय जना बढी फसेका थिए। उनीहरुको शकुशल उद्दार गरिएको छ।

उता नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।

सो दुर्घटनामा परेर अरु सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले यहाँको उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।

यहाँ सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरुले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal