आज :

सिक्री स्न्याचिङ र मोटरसाइकल चोरीमा संलग्न समूह पक्राउ

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिकाका २६ वर्षीय आयन माझी, मकवानपुर बकैया गाउँपालिका–७ घर भई हाल भक्तपुरको थिमी नगरपालिका–४ बस्ने ३६ वर्षीय मनोजकुमार मोक्तान र मकवानपुर बकैया गाउँपालिका–५ घर भई हाल थिमी नगरपालिका–४ बस्ने २४ वर्षीय राकेश थिङ छन् ।

प्रहरीका अनुसार माझी समूहको मुख्य योजनाकार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरेको प्रहरीको दाबी छ । मोक्तानले मोटरसाइकल चालक र थिङले मोटरसाइकलको पछाडि बसेर लुटपाटमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले माझी समूहले विभिन्न स्थानबाट हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । लुटपाटका क्रममा प्रयोग गरिएको पल्सर २२० मोटरसाइकल बालकुमारी पुलमुनिबाट लुटिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार समूहले लुटपाटका क्रममा नक्कली नम्बर प्लेट प्रयोग गर्ने र घटनापछि तत्काल नम्बर प्लेट परिवर्तन गर्ने गरेको थियो । पक्राउ परेकाहरूको साथबाट दुई थान मोटरसाइकल, विभिन्न नम्बर प्लेट, एक थान खुकुरी तथा घटनामा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार समूहले बिहानको समयमा मर्निङ वाकमा निस्किएका, तरकारी बिक्री गर्न जाने तथा एक्लै हिँडिरहेका महिला र वृद्धवृद्धालाई लक्षित गर्ने गरेको थियो। बाटो सोध्ने बहाना बनाएर नजिक पुग्ने र मौका पाउनेबित्तिकै सिक्री तानेर भाग्ने उनीहरूको एउटा शैली रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, इनड्राइभ तथा पठाओको बहाना बनाउँदै यात्रु खोजेजस्तो गर्ने र मोटरसाइकलमा बस्न खोज्ने व्यक्तिलाई लक्षित गरी सिक्री लुट्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा तीन–तीन जना सवार भई एक्लै हिँडिरहेका व्यक्तिलाई घेरा हाल्ने, हतियार देखाउने तथा साथमा रहेका नगद तथा बहुमूल्य सामान लुट्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार आयन माझी विगतदेखि नै लुटपाट तथा डकैतीका घटनामा संलग्न रहँदै आएका व्यक्ति हुन् । काठमाडौंको बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा भएका लुटपाटका घटनामा उनी र उनको समूह संलग्न रहेको प्रहरीको दाबी छ ।

माझीविरुद्ध काठमाडौं, भक्तपुर तथा काभ्रेलगायतका प्रहरी कार्यालयमा डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्दै छुट्दै र पुनः अपराधमा संलग्न हुँदै आएका माझीविरुद्ध भक्तपुर, थिमी, बनेपा तथा काठमाडौं परिसरबाट विभिन्न समयमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भदौ २४ गतेको जेन–जी आन्दोलनपछि एटीएम तथा बैंकमा भएका लुटपाटका घटनामा पनि माझी समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पछिल्लो समय भएका दुई घटनालाई आधार बनाएर प्रहरीले समूहको अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal