आज :

नेकपाको काठमाडौँ महानगर समितिको बैठक: कोरोना परीक्षण र उपचारमा सहजीकरण गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला अन्तर्गत महानगर समितिको बैठकले कोरोना परीक्षण, आइसोलेसन र उपचारमा सहजीकरण तथा संकट व्यवस्थापन गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बैठकले पहिलो प्राथमिकता सहिद परिवार, घाइते र पूर्णकालिन नेता कार्यकर्ता राखेर सहजीकरण गर्ने निर्णय गरेको हो ।

महानगर समितिका इन्चार्ज सौगातका अध्यक्षतामा बसेको बैठकमा सबैले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट गरेका थिए । भर्चुअल माध्यमबाट सम्पन्न बैठकले पार्टीमा आवद्ध कसलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए, परीक्षण गर्नु परेमा तथा उपचार गर्नु पर्ने अवस्थामा सहजीकरण गर्ने निर्णय गरेको इन्चार्ज सौगातले जानकारी दिए ।

त्यसैगरी जारी निषेधाज्ञाको कारण समस्यामा परेका नेता कार्यकर्तासँगै समर्थक शुभचिन्तक र आम नागरिकिलाई व्यवस्थापनमा सहजीकरणको लागि भूमिका खेल्ने बैठकले पनि निर्णय गरेको छ । जनवर्गीय संगठनहरुले सापेक्षतामा राजनैतिक वैचारिक प्रशिक्षण चलाउने निर्णय गर्दै संयोजक र अध्यक्षलाई जिम्मा दिइएको छ ।

पार्टीले उठाएका जनजिवीकाका सवाल, जनतन्त्रका सवाल र राष्ट्रियताका सवालमा सामाजिक संजालमा ब्यापक प्रचारप्रसार गर्नुको साथै पार्टीले बिभिन्न बैठकमा तय गरेका नाराहरुलाई पनि ब्यापकतामा प्रचारप्रसार गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै असफल संसदीय ब्यवस्था र वैज्ञानिक समाजवादको अपरिहार्यता बारेमा ब्यापक बहस चलाउने निर्णय गरेको सेक्रेटरी रोमिकले जानकारी दिए ।

बैठकले बैज्ञानिक समाजवाद र कम्युनिष्ट आन्दोलनको बारेमा बिभिन्न पार्टीका नेताहरु, बुद्धिजीविहरु, र प्रगतिशिलहरुसँग परिस्थिति अनुकुल बहसहरु संचालन गर्ने निर्णय गरियो । बैठकमा सहभागी पार्टीका युवा नेता जीवनले निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

यस्ता छन् निर्णयहरु

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal