आज :

रामारोशनको सैनीबजार बगाएको रियल दृश्य देउडा गीतमा, बस्ती यसरी बगेको थियो (भिडियोसहित)

काठमाडौँ । अछामको रामारोशन गाउँपालिका– ५ सैनीबजार बाढीले बगाएको दृश्य समेटिएको डेउडा गीत सार्वजनिक भएको छ । भदौ २ गते कैलाश खोलामा आएको बाढीले सैनीबजार र आसपास क्षेत्रलाई बगाएको थियो ।

बाढीले २२ घर बगाएको थियो भने १७ बालबच्चासहित १७ जनालाई बगाएको थियो । जसमध्ये अझै ७ जनाको शव भेटिएको छैन । ठूलो जनधनको क्षति पुर्याएको उक्त घटनाको रियल दृश्यसहित कलाकारहरुले देउडा गीत सार्वजनिक गरेका छन् ।

जयन्द्र भण्डारीको शब्द र विशाखर तिमिल्सिनाको लयमा रुप रावल र विशाखरले स्वर दिएको गीतले कहाली लाग्दो उक्त सत्य घटनालाई शब्द र भिडियोमा कैद गरेको छ । ‘नघट्ने घटना घटी मेरा अछाम जिल्ला’ बोलको देउडा गीत भिडियोसहित सर्वसम्मान म्यजिक प्रा.लि.ले बजारमा ल्याएको हो । प्रा.लि.का निर्देशक प्रकाश क्षेत्रीले अभियान गरेका छन् ।

गीतका अधिकांश दृश्य घटनास्थलकै छन् । बस्तीमा बाढी आउँदा बस्तीमा भएको चिच्चाहटको दृश्यले पनि गीतमा समेटिएको छ ।
गीतको भिडियोमा एरेन्ज मिक्सिग र ध्वनी कृष्ण लामिछानेको रहेको एल्वममा क्षेत्रीसँगै टंक रावल, कृष्ण रावल, तेज रावल र विमला शर्मा, केशर थापाले घटनालाई भिडियोमा उतारेका छन् । सर्वसम्मान म्युजिक प्रालिले यसअघि पनि सत्य घटना र दुर्घटनालाई गीतमा उर्तादै आएको छ ।

बाढीले गाउँपालिका–५ का ४७ वर्षीय नन्दु साउद, ४५ वर्षीया गङ्गा साउद, १७ वर्षीय रुपेश साउद, ६ वर्षीया प्राकृति साउद, ५५ वर्षीय जोगा साउद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीया पवित्रादेवी शाह, चार वर्षीय समिर शाह, ३५ वर्षीया सम्झना शाह, ४५ वर्षीय बासु साउद, ४५ वर्षीया लालसरा शाही र ८ वर्षीया बसन्ती शाहीसहित १७ जनालाई बगाएको थियो ।

त्यसैगरी बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको अछाम प्रहरीले जानकारी दिएको थियो ।

भिडियो

गृहमन्त्री रामबहादुर थापा,उद्योत, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, (नेकपा)का नेता भीम रावलसहितको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । २५ बोरा चामल र किरिया खर्च लिएर अछाम पुगेको टोलीले बाढीबाट बचेको धानखेतीमा कार्यक्रम गरेको विषयमा सामाजिक संजाल र संचारमाध्यममा आलोचना भइरहेको छ । त्यसैगरी विभिन्न संघ संस्थाहरुले सैनीबजार क्षेत्रका बाढी पीडितहरुलाई राहत वितरण गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal