पोखरा । ६ सय एम्पुल लागु औषध सहित ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पुस ४ गते उनीहरुलाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका ८ बस्ने ३६ वर्षिय गौमती सुनार, सिदार्थनगर नगरपालिका १ बेकहिया बस्ने २६ वर्षिय प्रकाश पुन, महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षिय महबुब आलम र सोहि स्थान बस्ने ३४ वर्षिय बालेश्रर प्रजापती रहेका छन् ।
लागुऔषध नियन्त्रण अभियानमा लागि परेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले पोखरा २७ हमाल चोकस्थित ठूलो मात्रामा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनीहरुलाई जेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम २०० एम्पुल ,फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध,भारतिय रुपैया ११हजार ४० र नेपाली रुपैया ३ हजार २४५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै जना उपर लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।