आज :

क्रान्तिकारीले भन्‍यो- नेपालका शैक्षिक संस्थाहरू खाडीका मजदूर उत्पादन गर्ने भट्टी

काठमाडौं । अखिल (क्रान्तिकारी) ले संसदीय शिक्षा प्रणालीको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्न लागि परेको छ ।

सबै वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एक हुन आह्वान गर्दै अगाडि बढेको संगठनले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा र शिक्षामा भएका विकृती, विसङ्गति, असमान शिक्षा, निजीकरण, व्यापारीकरण, दलालीकरण हुँदै माफियाकरणको विरुद्धमा निरन्तर संघर्ष गर्दै आएको शंकर देव क्याम्पस इकाई समितिका अध्ययक्ष दयाराम लुहारले बताए ।

नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू खाडी मुलुक र विदेशका गल्लीहरुका लागि मजदूर उत्पादन गर्ने भट्टीका रूपमा परिचित रहेको संगठनको बुझाई छ ।

मागहरु छिटोभन्दा छिटो सुनुवाई गर्न तथा पुरा गर्न बढीमा पैतालिस (४५) दिने अल्टिमेटमसहित क्याम्पासमा माग पत्र बुझाएको छ ।

सरकारी शिक्षा एवं क्याम्पसहरु मर्यादित, शैक्षिक थलोका रूपमा विकास गर्न र प्राज्ञिक स्थल बनाउन सङ्गठनले त्रि.वि.को आंगिक क्याम्पस शंकर देव क्याम्पसलाई सो पत्र पेश गरेको हो ।

माग पत्र

१. प्रत्येक विद्यार्थीहरूको लागि विद्यार्थी पोशाक पहिचान र गौरवको विषय हो । हाम्रो शंकर देव क्याम्पसमा द्यद्यक् संकायमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यार्थी पोशाकको व्यवस्था नभएकाले यस्तो अवस्थामा जो कोही व्यक्ति तथा समूह सहजै क्याम्पसको हाताभित्र प्रवेश गरी गैरकानुनी अनियमित कार्य तथा हर्कत गर्न सक्ने भएकाले द्यद्यक् संकायमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि अनिवार्य विद्यार्थी पोशाकको व्यवस्था गर्नु पर्ने जसले विद्यार्थीहरूको मनोबललाई उच्च बनाई राख्दछ ।

२. क्याम्पसमा भए गरेका आर्थिक क्रियाकलापहरू सत्य, तथ्य, यथार्थ एवं पारदर्शी ढङ्गले वर्षमा कम्तिमा दुई पटक सम्पूर्ण विद्यार्थीहरू माझ आर्थिक विवरण (प्रतिवेदन) प्रस्तुत गर्नु पर्ने ।

३. सरकारद्वारा प्रदान गरिने छात्रवृत्ति तथा सेवा सुविधाहरूमा क्याम्पस प्रशासनले कसैको दवाब र करकापमा नपरी न्यायिक ढङ्गले गरिब, जेहेन्दार तथा लक्षित वर्ग एवं समुदायको सही विद्यार्थीको पहिचान गरी उक्त विद्यार्थीलाई छात्रवृत्ति तथा सेवा सुविधा प्रदान गर्नु पर्ने ।

४. सरकारी कोषबाट तलब भत्ता खाएर निजी शैक्षिक संस्थाहरूमा काम गर्ने र शिक्षालाई व्यापारीकरणको रुपमा प्रयोग गर्ने शैक्षिक संस्थाका मालिकहरूलाई कार्वाही गर्नु पर्ने ।

५. विद्यार्थीहरुले परीक्षा फाराम भर्दा अनलाइन मार्फत भर्न पाउने व्यवस्था गरिनु पर्ने ।

६. अनुशासन विद्यार्थीको गहना हो । विद्यार्थी र शिक्षक अनुशासनमा रहनु पर्दछ । विद्यार्थी र शिक्षक अन्य व्यक्ति, समाज भन्दा बढी संबेदनशील भएकाले सबैमा (विद्यर्था र शिक्षक) अनुशासनको प्रभावकारी पालना गर्नु पर्ने ।

७. विभिन्न संगठनका मान्छेहरूले विद्यार्थी अध्ययनरत कक्षा कोठामा गई विभिन्न विषयका बारेमा प्रचार प्रसार गरी विद्यार्थीहरूको अध्ययनशील वातावरणलाई विगारिरहेको हुँदा त्यस्ता किसिमका क्रियाकलापहरू गर्दा क्याम्पस प्रशासनको स्वीकृति बेगर बन्देज लगाउनु पर्ने ।

८. क्याम्पस प्रशासनद्वारा समय–समयमा प्रत्येक कक्षा कोठमा गई कक्षा कोठाको वातावरण सबै क्षेत्रबाट उपयुक्त रहे नरहेको र विद्यार्थीहरू सम्बन्धीत विषय शिक्षकको पढाईबाट सन्तुष्ट रहे नरहेको शिक्षकले आफ्नो जिम्मेवारी पूर्ण रुपमा पालना गरे नगरेको जस्ता सम्पूर्ण क्षेत्रबाट अनुगमन गरी उपयुक्त तथा उत्कृष्ट शिक्षकलाई प्रोत्साहन रुवरुप पुरस्कारको व्यवस्था गर्नु पर्ने । जसले सम्पूर्ण शिक्षकहरूलाई प्रोत्साहित गर्न मद्दत गर्दछ ।

९. क्याम्पसको हाताभित्र अनैतिक कार्य तथा व्यवहार गर्ने व्यक्ति, विद्यार्थी जो कोहीलाई हदैसम्मको कार्वाही गर्नु पर्ने ।

१०. प्रत्येक विषयको विषय शिक्षकले आफूले अध्ययन गराइरहेको कक्षा कोठाका विद्यार्थीहरूको मासिक रूपमा कम्तिमा एक पटक आफूले पढाए अनुरुप प्रश्नपत्र तयार पारी परीक्षा संचालन गर्नु पर्ने । उक्त विवरण क्याम्पस प्रशासनलाई बुझाउनु पर्ने, जसले गर्दा आफूले पढाएको अध्ययन बारे विद्यार्थीले बुझे नबुझेको अवगत भई विद्यार्थीहरूको पढाइमा सुधार गर्न सहयोग पु¥याउँदछ ।

११. विद्यार्थीहरूको व्यक्तित्व विकास, क्षमता विकास तथा शैक्षिक स्तर वृद्धिका लागि विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम संचारलन गर्नु पर्ने ।

१२. विद्यालयको शौचालय, कक्षाकोठा, प्राङ्गण तथा भौतिक क्षेत्रको सरसफाइमा विशेष ध्यान दिनु पर्ने यदि कर्मचारीहरूद्वारा अटेरी गरेमा यथाशीघ्र कार्वाही गर्नु पर्ने ।

१३. अहिलेको आधुनिक र प्रतिस्पर्धात्मक शिक्षा प्रणालीलाई मध्यनजर गरी आधुनिक प्रविधियुक्त वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्न जोड दिनु पर्ने ।

१४. विभिन्न किसिमका खेलकुद कार्यक्रम संचालन गरिनु पर्ने ।

१५. सम्पूर्ण कक्षा कोठामा शुद्ध खानेपानीको व्यवस्था गरिनु पर्ने ।

१६. क्याम्पसमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले नियमित एवं कर्तव्यनिष्ठ तरिकाले आफ्नो जिम्मेवारी निभाएको छ छैन निश्चित समयमा आय गएको छ छैन प्रत्येक विषय शिक्षकले विद्यार्थीले बुझ्ने तरिकाले पढाएको छ छैन, आफूले पढाउने पाठ्यक्रम पूरा गरेको छ छैन भनी सम्पूर्ण क्षेत्रबाट अनुगमन गरी शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्नु पर्ने र दोषीलाई कार्वाही गर्नु पर्ने ।

१७. विद्यार्थी वडा पत्रको अभिलम्ब व्यवस्था गर्नु पर्ने ।

१८. क्याम्पसमा समपूर्ण विद्यार्थीहरुको हाजिरीको व्यवस्था गर्नुपर्ने ।

१९. विद्यार्थीहरु माथि विभिन्न खालका डर त्रास एवम् प्रलोवनमा पारी नैतिक असर पर्ने गरीएको गुण्डा गर्दी राजनीतिमा प्रतिबन्ध लगाउनुपर्ने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal