आज :

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, वुधबार ४ बजेसम्मको समय

  • अनलाइन डबली

जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ ।


प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संंविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोली (बुधबार) अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन् ।
्हुन त केही दिन पहिला मात्र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले संगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन् ।
भोलि बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ ।
आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजिनामा दिएको घोषणा गरेका थिए । उनको राजिनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal