आज :

एपेक बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुन चीनको शेन्जेनस्थित अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पुगेका छन् ।

ट्रम्प बिहीबार बिहान दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्जेन शहरमा रहेको बैठकस्थल पुगेका हुन् । उनी बैठकमा सहभागी हुन बुधबार नै शेन्जेन पुगेका थिए । बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन हुने बैठकमा एसिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । एपेक बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal