आज :

गृहमन्त्रीकी आमाको भिडियो पोस्ट गरेको आरोपमा कलाकार सर्बिन बोगटी पक्राउ

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री सुदन गुरुङकी आमासम्बन्धी भिडियो आफ्नो फेसबुक पेजमा पोस्ट गरेको आरोपमा कलाकार सर्बिन बोगटीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई मंगलबार दिउँसो करिब ४ बजे काठमाडौं प्रहरीले पक्राउ गरी हिरासतमा राखेको र अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न म्याद लिएको बताइएको छ।

सार्वजनिक पदमा रहेका व्यक्तिका परिवारका सदस्यसँग सम्बन्धित विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेकै आधारमा नागरिकलाई पक्राउ गरेर हिरासतमा राख्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नसमेत यस घटनाले उठाएको छ। गृहमन्त्रीजस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको पारिवारिक तथा सार्वजनिक जीवनसँग सम्बन्धित विषयमा नागरिकले प्रश्न उठाउन, टिप्पणी गर्न र आफ्नो धारणा सार्वजनिक गर्न पाउने कि नपाउने भन्ने बहस पनि यस घटनासँगै जोडिएको छ।

लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार छ। नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ भने सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र प्राप्त गर्ने अधिकारसमेत दिएको छ। तर, अभिव्यक्ति स्वतन्त्रताको अर्थ कसैको निजी जीवन, गोपनीयता, प्रतिष्ठा र मर्यादामाथि जथाभावी हस्तक्षेप गर्न पाउने छुट भने होइन।

सर्बिन बोगटीले पोस्ट गरेको भिडियोमा के विषयवस्तु थियो ? त्यसमा कुन कानुन उल्लंघन भएको प्रहरीको ठहर छ ? पक्राउ गर्नुपर्ने अवस्था किन आयो ? र थप चार दिन हिरासतमा राख्नुपर्ने अनुसन्धानको आधार के हो ? यी प्रश्नको जवाफ प्रहरीले सार्वजनिक गर्न माग गरिएको छ ।

बोगटीमाथि लगाइएको आरोप, पक्राउको कानुनी आधार र हिरासतमा राख्नुपर्ने आवश्यकताबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने परिवारको माग छ । साथै, अनुसन्धानका नाममा नागरिकको मौलिक अधिकार कुण्ठित नहुने सुनिश्चितता पनि गर्नु  हुनुपर्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal