आज :

सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

  • अनलाइन डबली

राजेन्द्र बिश्वकर्मा, नेपाल न्यूज बैंक

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो।

मिति २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उजुरीमा गाउँसभामा सहभागी नभएकी वडा सदस्यको हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी गाउँ सभा सम्पन्न भएको देखाइएको तथा सोही आधारमा नीति तथा कार्यक्रम पारित गरिएको उल्लेख गरिएको थियो।

उक्त उजुरीपछि प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट मिति २०८३ साल असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले अध्यक्ष रायलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal